८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्वाधिक कमाउने १०० खेलाडीको सूचीमा एकमात्र क्रिकेटर, नम्बर १ मा बास्केटबल प्लेयर

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१५ मंसिर २०७९

    अग्निपथ मिडिया  - Agnipath Media

    Ad
    Ad
    Ad

    काठमाण्डौ , १५ मंसिर। विश्वमा क्रिकेट र फुटबल सर्वाधिक रुचिएका खेल हुन्। यी दुवै खेलमा संलग्न खेलाडी मैदानमा आकर्षक प्रदर्शनमात्रै गर्दैनन्, कमाइको हिसाबले पनि चमत्कार गरिरहेका छन्। 

    Ad
    Ad
    Ad

    विश्वका सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीको पहिलो स्थानमा भने ती दुवै खेलसँग सम्बन्धित कुनै खेलाडी छैनन्। बास्केटबल खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता अनुभवी खेलाडीलाई पछि पार्दै नम्बर १ मा छन्।

    Ad
    Ad
    Ad
    Ad

    लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो विश्वका दुई चर्चित फुटबलर हुन्। यी दुवै खेलाडी यस वर्ष आफ्नो अन्तिम फिफा विश्वकप (२०२२ फिफा विश्वकप) खेल्दैछन्। सबैभन्दा धेरै कमाउने खेलाडीको कुरा गर्दा मेस्सी–रोनाल्डोको नाम पहिलो नम्बरमा आउँछ। तर, भर्खरै सार्वजनिक भएको स्पोर्टिकोले विश्व २०२२ मा सबैभन्दा धेरै कमाउने १०० खेलाडीको सूचीअनुसार दुवै खेलाडी कमाइका हिसाबले क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

    बास्केटबल आइकन लेब्रोन जेम्सको नाम यस सूचीमा पहिलो स्थानमा छ। १२६.९ मिलियन डलरको वार्षिक कमाइसँग उनी संसारमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। उनको आम्दानीको ठूलो हिस्सा नाइकी, पेस्कीको, वालमार्ट, एटी एन्ड टी र यहाँसम्म कि क्रिप्टो डट कमलगायत अन्य ब्रान्डसँगको एन्डोर्समेन्टबाट आउँछ। लियोनल मेस्सी १२२ मिलियन डलर कमाइका साथ जेम्सपछि दोस्रो स्थानमा छन् भने क्रिस्टियानो रोनाल्डो ११५ मिलियन डलर वार्षिक कमाइका साथ तेस्रो स्थानमा छन्। यसमा उनीहरुको म्याच फिसका साथै एन्डोर्समेन्टबाट हुने कमाइ पनि समावेश छ। 

    ब्राजिलियन फुटबल स्टार नेयमार १०३ मिलियन डलर वार्षिक आम्दानीका साथ चौथो स्थानमा छन्।

    विश्वका सबैभन्दा धेरै कमाउने १०० खेलाडीको यो सूचीमा एकमत्र क्रिकेटर समावेश छन्। यो लिस्टमा स्थान बनाउने विश्वका एकमात्र क्रिकेटर हुन्, भारतीय टोलीका विराट कोहली। उनको वार्षिक कमाइ ३३.९ मिलियन डलर छ। उनी यो सूचीमा ६१औँ स्थानमा छन्। तर, एन्डोर्समेन्टबाट कमाइका आधारमा हेर्दा विराट कोहली विश्वमा १४औँ स्थानमा छन्।

    सन् २०२२ मा सबैभन्दा धेरै कमाउने महिला खेलाडीको कुरा गर्दा टेनिस स्टार नाओमी ओसाका यस मामिलामा पहिलो स्थानमा छिन्। तर, उनी टप १०० मा २० औँ स्थानमा परेका छन्। नाओमीको वार्षिक कमाइ ५३.२ मिलियन डलर छ। 

    यसबाहेक महिला खेलाडीमा यस वर्ष सन्यास लिने सेरेना विलियम्स ३५.३ मिलियन डलर कमाएर ५२औँ स्थानमा छिन् र दोस्रो धेरै कमाउने महिला खेलाडी पनि हुन्।

    टेनिस लिजेन्ड रोजर फेडेरर ८५.७ मिलियन डलर कमाइका साथ स्पोर्टिकोको सूचीमा आठौँ सर्वाधिक कमाउने खेलाडी बनेका छन्। 

    विश्वमा सबैभन्दा धेरै कमाउने १०० खेलाडीमा १० खेल र २४ देशका खेलाडी परेका छन्। रिपोर्टिकोका अनुसार यी खेलाडीको कुल कमाइ ४ अर्ब ४६ करोड डलर रहेको छ र यसमा म्याच शुल्क र पुरस्कारको रकम ३ अर्ब २४ करोड डलर रहेको छ। योसँगै एन्डोर्समेन्ट र अन्य विधाबाट १ अर्ब २३ करोड डलर थपिएको छ। –एजेन्सी

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.