२० असार २०८२, शुक्रबार / 04 July 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आफ्नै आँखा अगाडि मेस्सीको जादु हेर्दा..

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१२ मंसिर २०७९

    अग्निपथ मिडिया  - Agnipath Media

    Ad
    Ad

    १३ मंसिर। मेरो नाम विजय केसी । कर्मको हिसाबले सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा रहेर देशको सेवा गरिरहेको छु । नेपाली खेलकुदमा नेपाल एपिएफ क्लबमार्फत विभिन्न खेलमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्छु । नेपालबाट अन्तर्राष्ट्रिय भलिबल रेफ्री पनि हुँ । तर आज यो सबभन्दा फरक, म एक लिओनेल मेस्सी र अर्जेन्टिना फ्यानको भूमिकामा आफ्नो भाव व्यक्त गरिरहेको छु ।

    Ad
    Ad

    सानै उमेरदेखि म फुटबल भनेपछि हुरुक्क हुन्थें । फुटबल जानेदेखि नै अर्जेन्टिनाप्रति बेग्लै लगाव रहयो । सन् १९९४ देखि विश्वकप हेर्न थालेको मैले म्याराडोनाको नाम सुनेको थिएँ । त्यस विश्वकपमा म्याराडोनासँगै ग्याब्रिएल बाटिस्टुटाको खेलले प्रभाव पार्यो । म्याराडोनाले प्रतियोगिता बिचमै छोड्नुपर्दा खिन्न भएको थिएँ र पछि अर्जेन्टिना चाडै बाहिरिंदा दुख लाग्यो । म्याराडोनाले अर्जेन्टिनाबाट नखेलेपनि त्यसपछि बाटिस्टुटामा मन बस्यो ।

    Ad

    म आफ्नो टिनएजमा हुँदा जिल्लाबाट उच्च गोलकर्ता हुँदै क्षेत्रीय खेलकुदसम्म खेलेको थिएँ । अर्जेन्टिनाप्रतिको लगावका कारण मेरो गृह जिल्लामा मलाई बाटिस्टुटाको नामबाट पनि चिन्थे । सबैले अर्जेन्टिना समर्थक भनेर चिन्ने मलाई आफ्नो खेल र आफूले समर्थनगर्ने टोलीप्रतिको लगाव कतै न कतै जोडिहाल्न मन लाग्ने । त्यसैले मैले आफ्नो घरको रंघ आकाशे निलो नै लगाएको छु, अर्जेन्टिनाको जर्सीको रंगजस्तै ।

    मेरो मात्र होइन, म बसोबास गर्ने काभ्रे जिल्लाको चौकोट क्षेत्रनै पूरा अर्जेन्टिनाको समर्थकले भरिएको छ । हामी अर्जेन्टिनाकै समर्थक मिलेर दुई पटक नगर च्याम्पियन पनि भएका छौं । हाम्रै क्षेत्रबाट ए डिभिजन खेल्ने खेलाडी पनि उत्पादन भएका छन् ।

    मेरो छोरीको नाम पनि मेस्सीकै नाममा आधारित रहेर मेस्सिना राखेको छु । छोराको नाम मेस्सीकै प्रिय मित्र अगुएरोको पछाडी रहेर ‘सर्जियो’ राखेको छु । मेरो भतिजहरुको नाम पनि अर्जेन्टिनाका दुई फरवार्ड बाटिस्टुटा र रिकेल्मेमा आधारित रहेर बाटिस र रिक्युल रहेको छ । बजारमा अर्जेन्टिना र मेस्सी अंकित केहि देखें भने आफ्नो कलेक्सनमा जोड्न मन लागिहाल्छ ।

    खेलाडी जीवनमा मात्र होइन, त्यसपछि पनि हरेक विश्वकप, कोपा अमेरिका होस् या मैत्रीपूर्ण खेल नै किन नहोस, अर्जेन्टिनाको खेल सायदै छुटेको छ । बाटिस्टुटापछि लिओनेल मेस्सी आए । मेस्सीको त अर्जेन्टिना मात्र होइन, बार्सिलोनामा पनि खुब खेल पछ्याएँ । मेस्सीको करिअरको सुरुवातदेखि देखेको भएर पनि होला, उनको खेलप्रति निकै मोहित थिएँ । तर उनलाई प्रत्यक्ष हेर्ने भने पाइएको थिएन ।

    अर्जेन्टिनाको खेल हेर्ने सानैदेखिको रहर थियो । सन् २०१० मा कतारले विश्वकप आयोजना गर्ने भनेदेखि नै विश्वकप हेर्छु भन्ने थियो । अन्तत: अर्जेन्टिना र लिओनेल मेस्सीलाई प्रत्यक्ष हेर्ने भाग्य कतार विश्वकपमा जुर्यो । शनिबार अर्जेन्टिनाले मेक्सिकोविरुद्ध खेल्दा मैदानमा उपस्थित ८८ हजार ९ सय ६६ जनामा म पनि एक थिएँ । त्यस दिन मेस्सी र अर्जेन्टिना खेल हेर्ने सानोदेखिको सपना पूरा भयो ।

    यसैपनि मेस्सी र अर्जेन्टिनाको खेल हेरेको दिन यादगार हुने नै थियो, तर मेस्सीले सानदार प्रदर्शन गर्दै त्यो दिनलाई विशेष बनाइदिए । सधैं टिभीमा हेर्दै आएको त्यस्तो क्षण आफ्नै आँखा अगाडी हुँदा खुसीको सिमा नै थिएन । खेलपछि मेस्सीलाई आफ्नै आँखा अगाडि प्लेयर अफ द म्याच चुनिएको पनि देखें । उनले अन्तर्वाता दिने क्रममा टाढाबाट भएपनि सेल्फी लिने अवसर जुर्यो । टाढाबाट भएपनि मेस्सी र आफू क्यामराको एकै फ्रेममा अटाउँदाको खुसी व्यक्त गर्ने शब्द छैन ।

    मेस्सी विश्व फुटबलका सर्वकालीन महान् खेलाडी हुन् भन्नेमा सायदै कसैको असहमति होला । आफ्नो करिअरमा जित्न बाँकी एक मात्र उपाधि, विश्वकप जित्न उनी प्रयासरत छन् । यदि मेस्सीले विश्वकप जित्छन् भने मेक्सिकोविरुद्ध जितको महत्त्व थप बढ्नेछ । अर्जेन्टिनाले विश्वकप जित्दा साक्षी बनेको महसुस हुनेछ । यदि अर्जेन्टिना त्यसमा असफल भएपनि आफ्नो सपना पूरा भएको ठान्नेछु ।

    विश्व फुटबलका महान् मेस्सीको उत्कृष्ट मध्यको एक खेलमा आफू प्रत्यक्षदर्शी हुन पाउँदा म आफूलाई निकै भाग्यमानी ठानेको छु । आशा छ अर्जेन्टिनाले विश्वकप उपाधि जितेर, मेक्सिकोविरुद्ध जित र मेस्सीको उक्त प्रदर्शनलाई अझ विशेष बनाउनेछ ।

    तपाईंसँग पनि खेलकुदसँग जोडिएका तपाईंका कुनै लेख रचना छ भने हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.