१५ असार २०८३, सोमबार / 29 June 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्पेन र जर्मनी बराबरीमा रोकिए

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१२ मंसिर २०७९

    अग्निपथ मिडिया  - Agnipath Media

    Ad
    Ad
    Ad

    काठमाडौं, मंसिर १२ गते । स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेले ।

    Ad
    Ad
    Ad

    प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । स्पेनले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । स्पेनका  लागि अल्भारो मोराटाले सुरुवाती गोल गर्नुभयो । जर्मनीका निकलस फुलक्रुगले बराबरी गोल फर्काउनुभयो । 

    Ad
    Ad
    Ad
    Ad

    छैटौं मिनेटका ड्यानी अ‍ोल्मोको सशक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । यता जर्मनीको एनेटोनियो रुडिगरले ४०औं मिनेटमा गरेको हेडगोल भिएआरको सहायतामा रेफ्रीले अफसाइड देखाएका थिए । 

    त्यसपछि ६२ अ‍ौं मिनेटमा स्पेनका वैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । उहाँले जोर्डी अल्बाको पासमा डिबक्सभित्र जर्मनीका रक्षकलाई छल्दै उत्कृष्ट गोल गर्नुभएको थियो ।

     

    तर स्पेनको अग्रतालाई जर्मनीले ८३औं मिनेटमा तोड्यो । जर्मनीका निकलस फुलक्रुगले काउन्टर प्रहारमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अङ्क बाँडे ।

     

    यस बराबरीसँगै समूह ‘ई’ मा सबै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ । दुई खेलबाट चार अङ्क बनाएको स्पेन शीर्षस्थानमा छ । जापान र कोस्टारिकाको समान तीन तीन अङ्क छ । एक अङ्क बनाएको जर्मनी अन्तिममा छ । एजेन्सी 

     

    ताजा सूचना

    • सीमामा गृहमन्त्रीको आकस्मिक अनुगमनपछि प्रश्नको चाङ: तस्करी रोक्न जिम्मेवार निकायमाथि कारबाही हुन्छ?
    • मदन भण्डारी जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
    • बिरगञ्जमा सरसफाइ कर्मीको आन्दोलन, कार्यवाहक नगर प्रमुख इम्तियाज आलमद्वारा तत्काल समाधान गर्न निर्देशन
    • अदालतका फैसला सन्तुलित रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह
    • गहवामाई रथयात्रामा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले पाए स्वास्थ्य सेवा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.