१५ असार २०८३, सोमबार / 29 June 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बेल्जियमले आफ्नो प्रतिष्ठाअनुरूप खेल्ने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today११ मंसिर २०७९

    अग्निपथ मिडिया  - Agnipath Media

    Ad
    Ad
    Ad

    दोहा, मङ्सिर ११ गते । विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम विश्वकप फुटबल २०२२ मा आफ्नो पहिलो खेलमा क्यानडालाई १–० ले हराए पनि सन्तुष्ट बनेको थिएन। सो खेलमा उपाधि जित्ने लक्ष्यसहित कतार आएको बेल्जियमभन्दा ३६ वर्षपछि विश्वकपमा सहभागी कतार जितको हकदार देखिएको थियो। प्रशिक्षक रोवर्ट मार्टिनेजले पनि क्यानडाविरुद्धको प्रदर्शनलाई आफ्नो प्रशिक्षकत्वमा बेल्जियमको सबैभन्दा कमजोर खेल भन्नुभएको थियो।

    Ad
    Ad
    Ad

    त्यसैले मोरोक्कोविरुद्ध आइतबार खेल्दा बेल्जियमसमक्ष आफ्ना समर्थकलाई प्रभावित पार्ने अर्को अवसर प्राप्त हुनेछ।

    Ad
    Ad
    Ad
    Ad

    पछिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको बेल्जियमको यस टिमलाई सुनौलो पुस्ता पनि भनिन्छ। कागजमा बेल्जियमको टिम निकै सशक्त छ तर पछिलो संस्करण र युरो २०२२ को प्रदर्शन हेर्दा बेल्जियमका यो सुनौलो पुस्ता प्रमुख प्रतियोगितामा अपेक्षामा खरो उत्रन सकेको छैन। अझ बेल्जियमको यो सुनौलो पुस्ताको यो अन्तिम विश्वकपमा पनि हुन सक्छ । केभिन डि ब्रुयन, इडेन हजार्ड, एक्सेल विट्जेल, जान भर्टोङगन, टोबी अल्डमाविरेल्ड र गोलरक्षक थिबाउट कोर्टोवाको उमेरले तीन दशक पार गरिसकेको छ। बेल्जियमका अर्का विश्वस्तरीय खेलाडी रोमेलु लुकाकुले मोरोक्कोविरुद्ध खेल्ने अपेक्षा गरिएको छ। स्ट्राइकर लुकाकुले चोटका कारण क्यानडाविरुद्ध खेल्नुभएको थिएन।

    मोरोक्को भने यस समूह ‘एफ’मा क्रोएसियालाई गोलरहित बराबरीमा रोकेपछि बेल्जियमविरुद्ध खेल्दै छ। गत उपविजेता क्रोएसियाविरुद्धको खेलमा मोरोक्कोले प्रभावशाली खेल देखाएको थियो। त्यसैले बेल्जियमलाई मोरोक्कोविरुद्ध खेल सहज भने हुने छैन।

    क्यानडालाई हार जोगाउन जरुरी

    ३६ वर्षपछि विश्वकप फुटबलमा फर्केको क्यानडाले आफ्नो पहिलो खेलमा दाबेदार मानिएको बेल्जियमविरुद्ध जितको हकदार थियो। यद्यपि दर्शकको मन जितेपछि क्यानडाले जित हासिल गर्न सकेन। अब क्यानडाले सो जित क्रोएसियाविरुद्ध प्राप्त गर्ने मनशायमा छ। 

    क्यानडाविरुद्ध क्रोएसियाले हार जोगाउनुबाहेक अर्को विकल्प पनि छैन। अर्को हारले क्यानडा विश्वकपबाट बाहिरिनेछ। 

    फिफा विश्व वरीयतामा १२औँ स्थानमा रहेको तथा पछिल्लो संस्करणमा फाइनल खेलेको क्रोएसियाको प्रदर्शन पहिलो खेलमा अपेक्षाअनुरूप हुन सकेन। स्टार प्लेमेरक लुका मोड्रिच पनि प्रभावहीन देखिनुभएको छ। एपी   

    ताजा सूचना

    • सीमामा गृहमन्त्रीको आकस्मिक अनुगमनपछि प्रश्नको चाङ: तस्करी रोक्न जिम्मेवार निकायमाथि कारबाही हुन्छ?
    • मदन भण्डारी जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
    • बिरगञ्जमा सरसफाइ कर्मीको आन्दोलन, कार्यवाहक नगर प्रमुख इम्तियाज आलमद्वारा तत्काल समाधान गर्न निर्देशन
    • अदालतका फैसला सन्तुलित रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह
    • गहवामाई रथयात्रामा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले पाए स्वास्थ्य सेवा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.