१३ चैत्र २०८२, शुक्रबार / 27 March 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्पेन र जर्मनीसहित विश्वकपमा आज चार खेल हुँदै

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today११ मंसिर २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    ११ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफका चार खेल हुँदैछन् ।

    Ad
    Ad
    Ad

    दिउँसो पौने ४ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह ई मा रहेका जापान र कोस्टारिकाबीच हुनेछ । यो खेल अहमद विन अली रंगशालामा हुनेछ ।

    Ad
    Ad
    Ad
    Ad

    पहिलो खेलमा जर्मनीलाई हराएको जापान उच्च मनोवलमा छ भने स्पेनसँग ७–० ले स्तब्ध भएपछि कोस्टारिका नकआउट चरणका लागि आजको खेल जित्नैपर्ने दवावमा छ ।

    समूह एफ अन्तर्गत बेल्जियम र मोरक्को आज साँझ पौने ७ बजे आमने सामने हुनेछन् । समूहको पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो भने बेल्जियमले क्यानडालाई पराजित गरेको थियो । मोरक्कोलाई हराएमा बेल्जियम नकआउट चरणको नजिक पुग्नेछ ।

    राती पौने १० बजे समूह एफकै क्यानडा र क्रोएसियाले खेल्नेछन् । दुवै टोली जारी विश्वकपमा पहिलो जितका लागि प्रयासरत रहनेछन् । चार वर्षअघि फाइनल खेलेको क्रोएसिया अघिल्लो खेलमा मोरक्कोसँग निराशाजनक प्रदर्शनबाट माथि उठ्न चाहन्छ । क्यानडा यो खेल जितेर नकआउट सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछ ।

    जारी विश्वकपको समूह चरणको बहुप्रतीक्षित खेल आज राती पौने १ बजे हुनेछ । अल खोरस्थित अल बायेट रंगशालामा पूर्व च्याम्पियनहरु स्पेन र जर्मनी आमनेसामने हुँदा जर्मनी गर या मरको स्थितिमा छ ।

    पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजयपछि चारपल्टको विश्व विजेता जर्मनीलाई झड्का लागेको छ । यो खेल जित्न नसके उसले समूहबाटै घर फर्किनुपर्ने स्थिति आउनसक्छ । कोस्टारिकालाई ७–० ले हराउँदा एक पूर्ण सामुहिक प्रदर्शन गरेको स्पेन आज त्यही लयलाई कायम राख्न प्रयासरत हुनेछ ।

    ताजा सूचना

    • वीरगंजको गहवा माई मन्दिरमा आज भव्य 'महाआरती': तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो
    • ‘रोचक कि राजनीतिक सन्देश?’ — बालेन्द्र शाह प्रधानमन्त्री बनेको परिकल्पनाले सामाजिक सञ्जाल ततायो
    • रास्वपाको बैठकमा ‘साह’ कार्ड: समर्थनमा ताली, बालेन मौन — राजनीतिमा नयाँ संकेत!
    • समाज कता जाँदैछ ? युवा कुलतमा, देशको भविष्य संकटमा !
    • राष्ट्रिय सनसनी: “विद्यालय डुब्दै, राजनीति फस्टाउँदै!” — विश्रामपुर गाउँपालिकामा शिक्षा क्षेत्र चरम संकटमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.