१३ चैत्र २०८२, शुक्रबार / 27 March 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वेल्स र इरान पहिलो जितको खोजीमा

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today९ मंसिर २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    ९ मंसिर । एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (शुक्रबार) देखि समूह चरणको दोस्रो राउन्डका खेलहरु शुरु हुनेछ ।

    Ad
    Ad
    Ad

    दोस्रो राउन्डको पहिलो खेलमा वेल्स र इरानले प्रतिस्पर्धा गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । यि दुई टोलीबीचको खेल अहमद विन अली स्टेडियम दिउँसो ३ः४५ बजेपछि हुनेछ ।

    Ad
    Ad
    Ad
    Ad

    ६४ वर्षपछि पहिलोपटक फिफा विश्वकप खेलिरहेको वेल्स आफ्नो पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरी खेल्दा इरानले इंग्ल्यान्डसँग ६–२ को हारबाट विश्वकपको शुरुवात गरेको छ । दुवै टोली पहिलो जित निकाल्दै विश्वकपमा समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ ।

    अमेरिकाविरुद्ध पेनाल्टीमार्फत बराबरी गोल फर्काएका ग्यारेथ बेल नै इरानविरुद्धको खेलमा मुख्य हतियार हुनेछ । वेल्सको सर्वाधिक गोलकर्ता रहेका उनी विपक्षी टोलीका लागि टाउँको दुखाई हुन सक्छ ।

    यता, छैटौंपटक फिफा विश्वकपमा प्रतिस्पर्धा गरिरहेको इरान युरोपेली टोलीविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । इङ्ल्यान्डविरुद्ध दुई गोल गरेका मेहदी तारेमी टोलीका लागि प्रमुख खेलाडी हुनेछन् । उनी विश्वकपको एकै खेलमा दुई गोल गर्ने पहिलो इरानी खेलाडी हुन् ।

    विश्वकपमा यि दुई टोली पहिलो पटक तथा समग्रममा दोस्रोपटक खेल्न लागेको हो । यसअघि यि दुई टोलीले सन् १९७८ मा मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गर्दा वेल्स १–० ले विजयी भएको थियो ।

    वेल्स पछिल्लो १० खेलमा अपराजित छ । जसमा ६ जित र ४ बराबरीको नतिजा छ । यता, इरानले सन् २००६ को विश्वकपमा सुरुवाती दुवै खेल गुमाएको थियो । इरान सोही विगत दोहो¥याउन चाहदैन ।

    एहसान हाजासाफी र अलिरेजा जाहानबाख्स इरानबाट विश्वकपका बढी खेल्ने खेलाडी हुन् । उनीहरुले समान ७ खेल खेलेका छन् । इरानले विश्वकपमा १६ खेल खेल्दा २ जित, ४ बराबरी र १० हारको नतिजा निकालेको छ ।

     

    ताजा सूचना

    • वीरगंजको गहवा माई मन्दिरमा आज भव्य 'महाआरती': तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो
    • ‘रोचक कि राजनीतिक सन्देश?’ — बालेन्द्र शाह प्रधानमन्त्री बनेको परिकल्पनाले सामाजिक सञ्जाल ततायो
    • रास्वपाको बैठकमा ‘साह’ कार्ड: समर्थनमा ताली, बालेन मौन — राजनीतिमा नयाँ संकेत!
    • समाज कता जाँदैछ ? युवा कुलतमा, देशको भविष्य संकटमा !
    • राष्ट्रिय सनसनी: “विद्यालय डुब्दै, राजनीति फस्टाउँदै!” — विश्रामपुर गाउँपालिकामा शिक्षा क्षेत्र चरम संकटमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.