६ कार्तिक २०८२, बिहिबार / 23 October 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्पेनको ऐतिहासिक गोल

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today८ मंसिर २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad

    मंसिर ८, २०७९

    Ad
    Ad

    गाभीको उदय र स्पेनको ७ गोल

    Ad

    विश्वकप फुटबल २०२२

    दोहा — गाभीले भलीमा उत्कृष्ट गोल गर्दै विश्व स्टेजमा आफ्नो आगमनको सन्देश दिएपछि स्पेनले विश्वकपको आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कोस्टारिकालाई ७–० ले हराएको छ ।

    सन् २०१० को विजेता स्पेनका लागि फेरान टोरेसले दुई गोल गरे । तर स्पेनका लागि पाँचौं गोल १८ वर्ष ११० दिन उमेरका गाभीले असाधारण भलीमा गरेका थिए । बार्सिलोनाका टिनएजर गाभीले पेनाल्टी बक्सलाइनबाट गरेको ड्रप बल पोस्टमा लागेर गोल भएको थियो । विश्वकपमा कम उमेरमा गोल गर्ने गाभी तेस्रो कान्छा खेलाडी बनेका छन् । कम उमेरमा गोल गर्नेमा ब्राजिलका पेले र मेक्सिकोका म्यानुयल रोसास थिए ।

     

    समूह ‘इ’ को प्रतिद्घन्द्घी जर्मनी बुधबारकै अर्को खेलमा जापानसँग स्तब्ध भइसकेको अवस्थामा स्पेनका लागि यो जित महत्त्वपूर्ण बनेको छ । डानी ओल्मो र मार्को एसेन्सियोले पहिलो १० औं मिनेटमा गोल गरेपछि स्पेनलाई सुरुदेखि खेलमा पकड राख्न मदत गरेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको प्रतियोगिताको क्वाटरफाइनल पुगेको कोस्टारिका विश्वकपका लागि छानिने अन्तिम टोली थियो । टोलीले स्पेनविरुद्ध एउटै आक्रामण गर्न सकेन । रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेनबाट खेलिसकेका कोस्टारिकाका गोलरक्षक केलर नाभास स्पेनसामु मूकदर्शकमात्र बने । स्पेनबाट कार्लोस सोलेरले ९० मिनेट र अल्भारो मोराटाले इन्ज्युरी समयमा गोल गरेका थिए ।

    ताजा सूचना

    • “छठ पर्वको तयारीमा वीरगञ्जको ऐतिहासिक घडिअर्वा पोखरीमा ६० प्रतिशत काम सम्पन्न वातावरण सरसफाइ र सजावट तीव्र”
    • वीरगञ्जमा सिरडी साईं बाबा मन्दिरको ७औं वार्षिकोत्सव तथा भव्य पाल्की यात्रा सम्पन्न
    • वीरगञ्ज तेक्वान्दो दोजाङका अफताब आलम चीनमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने
    • गहवा माई मन्दिरमा सरसफाइ अभियान सम्पन्न
    • तिहार–छठ अगाडि सशस्त्र प्रहरीको कडाइ जनतामाथि मात्र? — बीरगंज भन्सारका डीएसपीमाथि तस्करी मिलेमतोको प्रमाण बाहिर!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.