१ जेठ २०८३, शुक्रबार / 15 May 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ३६ खेलसम्म अपराजित अर्जेन्टिना, कीर्तिमान बराबरी गर्न एक खेल टाढा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३० कार्तिक २०७९

     अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    १ मंसिर  , काठमाडौं । अर्जेन्टिनाले कतार विश्वकपअघि बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई ५-० ले पराजित गरेको छ ।

    Ad
    Ad
    Ad

    अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्‍याएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल टाढा छ ।

    सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिनाले हार बेहोरेको छैन ।

    कतारमा आइतबार सुरु हुने विश्वकपअघि अभ्यासको रुपमा खेलिएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डि मारिया र कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे ।

    डि मारियाले दुई गोल गरे भने मेसीसहित जुलियन अल्भारेज र जाक्विन कोरेअले समान एक गोल गरे ।

    अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको हो ।

    कतार विश्वकपमा समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छन् ।

    अन्य मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १-० ले, पोल्याण्डल चिलीलाई १-0 र क्रोएसियाले साउदी अरेबियालाई १-० ले नै पराजित गरेको छ । विश्वकप खेल्ने तयारीमा रहेको रहेको मेक्सिको भने विश्वकपमा छनोट नभएको स्वीडेनसँग २-१ ले पराजित भयो ।

    यस्तै विश्वकपमा छनोट हुन असफल रहेको इटलीले अल्बानियालाई ३-१ ले हरायो ।

    ताजा सूचना

    • सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन
    • संसद बैठक बहिष्कार गरेका हर्क साम्पाङ फेसबुकबाट प्रधानमन्त्रीविरूद्ध खनिँदै
    • सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा बिहीबार चक्काजामको घोषणा
    • प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
    • प्रतिनिधिसभा बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.