१३ चैत्र २०८२, शुक्रबार / 27 March 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महिला फुटबलमा नेपालको यो पहिलो उपाधि

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२५ कार्तिक २०७९

    अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    काठमाडौं,२६ कार्तिक । अपराजित रहेर साफ यू१५ महिला च्याम्पियनसिपको च्याम्पियन बनेको नेपाली युवा महिला राष्ट्रिय टोली आज (शनिबार) स्वदेश फर्कदैछ । नेपाली टोली शनिबार साँझ ५ः४० बजे हिमालयन एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

    Ad
    Ad
    Ad

    नेपालले शुक्रबार बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा राउन्ड रोविन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो । नेपालको लागि सुशिला केसीले गोल गर्दा बंगलादेशकी रुमा अख्तेरले बराबरी गोल फर्काएकी थिइन् ।

    Ad
    Ad
    Ad
    Ad

    खेलको अन्तिम समयमा बंगलादेशले पेनाल्टी पाएपनि जोएनब बिबी रिताको पेनाल्टीलाई कप्तानको जिम्मेवारी समेत निर्वाह गरेकी सुजताले तामाङले बचाउँदै नेपाललाई सम्भापवत हारबाट जोगाएर च्याम्पियन बनाइन् । उनी नै च्याम्पियनसिपको उत्कृष्ट गोलरक्षक चुनिइन् । उनले राउन्ड रोविन लिगको सबै चार खेल खेल्दा तीन खेलमा क्लिनसिट राखिन् ।

    महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । यसअघि नेपाली महिला टोलीले उमेर समूह या सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा उपाधि जित्न सकेको छैन ।

    तीन राष्ट्रको मात्रै सहभागिता भएपछि डबल राउन्ड रोविन लिगको आधारमा भएको च्याम्पियनसिपमा नेपालले चार खेलबाट १० अंक जोड्यो । बंगलादेशले ७ तथा भुटान गोल र अंकविहीन बन्यो ।

    नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा बंगलादेशलाई १–० ले र अर्को खेलमा भुटानलाई १–० ले हराएको थियो ।

    टोलीको प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी, फिजियोमा सरिता बजगाईं र व्यवस्थापकमा पूर्ण माया सुब्बा लिम्बू छिन् ।

    नेपाली टोली :

    गोलरक्षक : राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल

    डिफेन्डर : सिता रोकाया, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही

    मिडफिल्डर : सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली र मनिषा सेन

    फरवार्ड : दीपा रोकाया, समिक्षा मगर, वर्षा ओली र सेनु परियार

    ताजा सूचना

    • वीरगंजको गहवा माई मन्दिरमा आज भव्य 'महाआरती': तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो
    • ‘रोचक कि राजनीतिक सन्देश?’ — बालेन्द्र शाह प्रधानमन्त्री बनेको परिकल्पनाले सामाजिक सञ्जाल ततायो
    • रास्वपाको बैठकमा ‘साह’ कार्ड: समर्थनमा ताली, बालेन मौन — राजनीतिमा नयाँ संकेत!
    • समाज कता जाँदैछ ? युवा कुलतमा, देशको भविष्य संकटमा !
    • राष्ट्रिय सनसनी: “विद्यालय डुब्दै, राजनीति फस्टाउँदै!” — विश्रामपुर गाउँपालिकामा शिक्षा क्षेत्र चरम संकटमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.