पाकिस्तानलाई तेस्रो बलमै पहिलो सफलता
-
अग्निपथ सम्बादाता
- today२३ कार्तिक २०७९
अग्निपथ मिडिया
२३ कार्तिक ,एजेन्सी– पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो बलमै पहिलो सफलता हात पारेको छ ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले १ ओभरमा १ विकेट गुमाउँदै ६ रन बनाएको छ । क्रिजमा डेभन कन्वे र केन विलियम्सन रहेका छन् । इनिङको पहिलो बलमै ओपनर फिन एलेनले तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई लङअनमा चौका हान्दै सुरुवात गरेका थिए ।
तर दोस्रो बलमा उनी रिभ्युको कारण बचे । इन स्वींग बलमा अम्पायरले एलबीडब्लू आउट दिएपनि रिभ्युमा ब्याटले बल छोएको हुँदा बचेका थिए । तर तेस्रो बलमा भने उनी एलीबडब्लू आउटको शिकार बन्न पुगे । रिभ्यु लिएपनि लगातार दोस्रो पटक एलेन सफल हुन सकेनन् ।
पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
पाकिस्तानको प्लेइङ ११ :मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), मोहम्मद हरिस, शन मसुद, इफ्तिखार अहमद, शादब खान, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, नसिम शाह, हरिस रौफ र शाहिन शाह अफ्रिदी ।
न्युजिल्यान्डको प्लेइङ ११ :फिन एलेन, डेभन कन्वे (विकेटकिरि), केन विलियम्सन (कप्तान), ग्लेन फिलिप्स, डर्याल मिचेल, जेम्श निसम, मिचेल सान्टनार, टिम साउथी, ईश सोधी, लोकी फर्गुसन र ट्रेन्ट बोल्ट ।