१ कार्तिक २०८३, शनिबार / 17 October 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • क्रिकेट खेलाडीलाई १३ लाख, राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने निर्णय

    • रुस्तम देवान रुस्तम देवान
    • today२१ कार्तिक २०८०

    २२ कार्तिक , काठमाण्डौ // अग्निपथ मिडिया  

    Ad
    Ad
    Ad

           राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टीट्वेन्टी क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ।              

    Ad
    Ad
    Ad

     राखेप कार्यकारी समितिका संयोजकसमेत रहेका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो।

    Ad
    Ad
    Ad
    Ad

    १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि दुई करोड चार लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरिएको हो।

    Ad

     प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि तीन लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि एक लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ। गत आइतबार सम्पन्न आईसीसी पुरुष टीट्वेन्टी विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको थियो।

     यसैगरी नेपाल क्रिकेट संघ (क्यान) ले पनि टीट्वेन्टी विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने निर्णय गरेको छ। क्यानको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो।

    बिहीबार मूलपानी मैदानमा आईसीसी टीट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो।

    आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको उपाधि भिडन्तमा भने घरेलु टोली नेपाल पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको थियो।

     

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.