१३ चैत्र २०८२, शुक्रबार / 27 March 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पाकिस्तानसँग न्युजिल्याण्ड पराजित , ४०२ रनको विशाल लक्ष्य

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१८ कार्तिक २०८०

    १८ , कार्तिक // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

                   एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानसँग       न्युजिल्याण्ड पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ४०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

    Ad
    Ad
    Ad

    तर, वर्षाका कारण पुरा खेल हुन नसक्दा डीएलएस मेथोडका आधारमा न्यूजिल्याण्ड २१ रनले पराजित भयो । जवाफी ब्याटिङमा पाकिस्तानले एक विकेट गुमाएर २१.३ ओभर खेलिरहँदा वर्षा भएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    वर्षाले खेल रोकिँदा ओपनर फाखर जमानको बिस्फोटक ब्याटिङसँगै पाकिस्तान डीएलएसमा अगाडि भइसकेको थियो ।

    त्यसबेला पाकिस्तान डीएलएस मेथोडका आधारमा १० रनले अगाडि थियो । फाखरले ६४ बलमा ९ छक्का र ४ चौका प्रहार गर्दा शतक बनाएका थिए । फाखरले कप्तान बाबर अजामसँग साझेदारी बढाइरहेका थिए ।

    वर्षा रोकिएपछि फेरि खेल सुरु भएको थियो ।

    त्यसबेला पाकिस्तानले ४१ ओभरमा ३४२ रन पुर्याउनुपर्ने नयाँ लक्ष्य पाएको थियो । तर, खेल २५.३ ओभर खेल हुँदा फेरि वर्षा भयो । नयाँ लक्ष्य अनुसार, फाखर र बाबरले पाकिस्तानको स्कोर २०० रन पुर्याएका थिए । फाखरले ११ छक्का र ८ चौका प्रहार गरी १२६ रन जोडेका थिए भने बाबरले पनि ६३ बलमा अर्धशतक पुर्याएका थिए । कप्तान बाबरले २ छक्का र ६ चौकासहित ६६ रन जोडे ।

    तर फेरि वर्षा भएर खेल रोकिदा डीएलएस मेथोड प्रयोग भयो र न्यूजिल्याण्ड पराजित भयो । न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले शतकीय पारी खेलेका थिए । उनले एक छक्का र १५ चौका प्रहार गरी १०८ रन बनाएका थिए । अरु ब्याट्सम्यानहरु केन विलियमसनले पनि बिस्फोटक ब्याटिङ गर्दै ९५ रन जोडेका थिए ।

    तर, पाकिस्तानका फाखरको बिस्फोटक जवाफी ब्याटिङ अनि वर्षा बाधक बन्दा न्यूजिल्याण्ड पराजित भयो । पाकिस्तान भने जितसँगै सेमिफाइनलको सम्भावनालाई कायमै राख्न सफल भयो । ८ खेलमा ८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको न्यूजिल्याण्डसँग जितसँगै पाकिस्तान रनरेटका आधारमा पाँचौं स्थानमा उक्लिएको छ ।

     

    ताजा सूचना

    • वीरगंजको गहवा माई मन्दिरमा आज भव्य 'महाआरती': तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो
    • ‘रोचक कि राजनीतिक सन्देश?’ — बालेन्द्र शाह प्रधानमन्त्री बनेको परिकल्पनाले सामाजिक सञ्जाल ततायो
    • रास्वपाको बैठकमा ‘साह’ कार्ड: समर्थनमा ताली, बालेन मौन — राजनीतिमा नयाँ संकेत!
    • समाज कता जाँदैछ ? युवा कुलतमा, देशको भविष्य संकटमा !
    • राष्ट्रिय सनसनी: “विद्यालय डुब्दै, राजनीति फस्टाउँदै!” — विश्रामपुर गाउँपालिकामा शिक्षा क्षेत्र चरम संकटमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.