१८ असार २०८२, बुधवार / 02 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • टी-२० विश्वकप छनोट सेमिफाइनलमा यूएईलाई हराउन नेपालले १३५ रन बनाउनुपर्ने

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१६ कार्तिक २०८०

    १७ कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad

                 टी—२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि एक सय ३५ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको     यूएईले  निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रन बनाएको हो ।

    Ad
    Ad

            यूएईका लागि विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनी यूएईको सातौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए ।  उनलाई कुशल मल्लले गल्सन झाद्वारा क्याच गराएका थिए । 

    Ad

          त्यसलगत्तै कुशल मल्लले यूएईका अर्का ब्याट्सम्यान आयान अफजल खानलाई आउट गराएका थिए । कुशल मल्लले आयानलाई एक रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । उनी आठौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए । 

        त्ससअघि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले पनि २६ रन बनाए । यूएईका कप्तानसमेत रहेका वसिमले १६ बलमा दुई छक्का र तीन चौका हिर्काएका थिए । टोलीको खातामा आसिफ खानले १३ रन थपे । एलिसन   सराफुले १६ रन जोडे । नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारे । स्पिनर लामिछानेले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । सोमपाल कामी र रोहित पौडेलले पनि एक—एक विकेट हात पारे ।

     

    यूएईले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको थियो । उनी तीन रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई सोमपाल कामीले रन आउट गराएका थिए । उनी आउट हुँदा यूएईले ३.१ ओभरमा २९ बनाएको थियो ।

    त्यसलगत्तै यूएईको दोस्रो विकेटका रूपमा अर्का ओपनर मुहम्मद वसिम पेभेलियन फर्किएका थिए । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भएका थिए । उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ३.३ ओभरमा ३० रन बनाएको थियो ।

    यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको थियो ।

     

    यूएईको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान एलिसन सराफुलाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । एलिसनले १४ बलको सामना गरी तीन चौकाको मद्दतले १६ रन बनाएका थिए । उनी आउट हुँदा यूएईले १३.४ ओभरमा ८८ रन बनाएको थियो ।

    यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले यूएईका ब्याट्सम्यान अली नासिरलाई चार रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । नासिर आउट हुँदा यूएईले १५.५ ओभरमा एक सय रन बनाएको थियो ।

    यूएईको छैठौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान बासिल हमिदलाई एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । उनले व्यक्तिगत रूपमा लिएको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १७.१ ओभरमा एक सय १८ रन बनाएको थियो । यूएईका नवौँ नम्बरका ब्याट्सम्यान जुनैद सिद्धकी भने तीन रनमा रन आउट भएका थिए ।

    ताजा सूचना

    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.