८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ओमानविरूद्ध नेपालले ६ ओभरभित्र गुमायो ३ विकेट

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१५ कार्तिक २०८०

    १६ कार्तिक // , अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                   सिसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभर सकिदा ३ विकेट गुमाएको छ। 

    Ad
    Ad
    Ad

      नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रन र सोमपाल कामी १२ रन बनाएर आउट भएका छन्। यस्तै छैटौं ओभरमा कुशल भुर्तेल २६ रनमा मेहरान खानबाट बोल्ड भएका छन्। नेपालले ६ ‌ओभरमा ३ विकेट                   गुमाउँदा ४६ रन जोडेको छ।

    Ad
    Ad
    Ad
    Ad

      नेपालका लागि रोहित पौडेल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्।

       त्यसअघि समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।

                   ‍ओमानको पहिलो ओभरमै विकेट लियो। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट       गरे।   सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे।

       नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए। उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।

           छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे। यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भएको थियो।

     नेपालका लागि पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए। सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गर्दा मोहरान खानलाई शून्यमा          एलबिडब्लूको धरापमा पारे।

               अभिनास बोहराले ओमानका कप्तान जीशन मक्सुदलाई ३२ रनमा विकेटकिपर आसिफबाट क्याच गराए। उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। १८औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका   ओमानका नीशन खुसीलाई २५ रनमा करण केसीले सन्दीपबाट क्याच गराए। करणले अन्तिम ओभरमा कलिमुल्लाहलाई ५ रनमा आउट गरे। ओमानका सकिल अहमद २२ रनमा नटआउट रहे।

    बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिन सफल भए। गुल्सन झा र अभिनास बोहराले १-१ विकेट हात पारे।

        समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले                  पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

            समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछन्।

      समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ। एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्ने

          छ।

     

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.