२१ असार २०८२, शनिबार / 05 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्वाधिक रन लिने सूचीमा कुशल भुर्तेल, बढी विकेट लिनेमा अविनाश बोहरा

    • अशोक यादब अशोक यादब
    • today१४ कार्तिक २०८०

    १४ कार्तिक, काठमाडौ // अग्निपथ मिडिया

    Ad
    Ad

          काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा समूह चरणको अन्तिम खेल बिहीबार हुनेछ ।

    Ad
    Ad

    अन्तिम खेल बाँकी रहँदै समूह एबाट लगातार दुई/दुई वटा खेल जित्दै समान चार अंकसहित ओमान र नेपालले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

    Ad

    बिहीबार समूह बिजेता तय गर्न यी दुई देशबीच खेल हुनेछ । लगातार दुबै खेल हारेर मलेसिया र सिंगापुर भने एक बाँकी रहँदै विश्वकप यात्राबाट बाहिरिएका छन् ।

    समूह बीतर्फ एक/एक खेल बाँकी रहँदा युएई ४ अंकसहित शीर्ष स्थानमा छ भने दुई/दुई अंकसहित बहराइन दोस्रो र हङकङ तेस्रो स्थानमा छन् । यो समूहको अन्तिममा रहेको कुवेतले अंक जोड्न सकेको छैन । तर कुवेतसँग पनि अझै विश्वकप छनोट हुने सम्भावना बाँकी छ ।

    मंगलबारसम्म छनोट खेलमा सहभागी सबै टीमले दुई/दुई खेल खेल्दा सर्वाधिक रन बनाउने र विकेट लिनेमा दुबै नेपाली क्रिकेटर छन् ।

    ११७ रन जोडेर नेपालका ओपनर कुशल भुर्तेल सर्वाधिक रन लिने सूचीको अग्रस्थानमा छन् । उनले सोमबार सिंगापुरविरुद्ध ७४ रन जोडेका थिए । नेपालले जितेको उक्त खेलमा भुर्तेल प्लेअर अफ दि म्याच बनेका थिए ।

    शनिबार युएईविरुद्ध समेत अर्धशतक बनाएका भुर्तेलले मंगलबार मलेसियाविरुद्ध पनि आक्रामक ब्याटिङ गरे । ४३ रन जोडेर आउट हुँदा भुर्तेलले २५ बलमै ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

    सर्वाधिक रन लिने सूचीको दोस्रो स्थानमा हङकङका मार्टिन कोजी छन् । उनले ८३ रन र तेस्रो स्थानमा रहेका ओमानका जिसान क्याकसुदले ८२ रन जोडेका छन् ।

     

    प्रतियोगितामा धेरै विकेट लिने सूचीमा पनि नेपालका अबिनाश बोहरा छन् । टी–२० क्रिकेटतर्फ नेपाली टिममा रोजाइको बलर बन्दै आएका बोहराले दुई खेलमै सात विकेट लिएका छन् ।

    बोहराले मंगलबार मलेसियाको चार र सोमबार सिंगापुरको तीन विकेट लिए । धेरै विकेट लिने दोस्रो स्थानमा हङकङका आइजज् खानले ५ र बहराइनका अब्दुल मजिदले ४ विकेट लिएका छन् ।

     

     

     

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.