२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल राष्ट्रिय क्रिकेट टिमलाई भारतीय दूतावासद्वारा क्रिकेट सामग्री हस्तान्तरण

    • रामाशंकर साह रामाशंकर साह
    • today११ कार्तिक २०८०

    ११ कार्तिक, काठमाडौ // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                          नेपाल स्थित भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घका कार्यकारी सदस्यहरुको उपस्थितिमा दूूतावासमा बिहीबार आयोजित समारोहमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

    Ad
    Ad
    Ad

    उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेटब्याट सहितका व्यावसायिक क्रिकेट सामग्री नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द र सङ्घका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गर्नुभयो ।

    Ad
    Ad
    Ad
    Ad

           ती सामग्री बिपी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत् निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गरेको थियोे ।राजदूत श्रीवास्तवले हालै सम्पन्न एशिया कप र एशियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गर्नुभयो ।

    Ad

          उहाँले क्रिकेट सामग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिनुभयो ।

            नेपाल क्रिकेट सङ्घका अध्यक्ष चन्द, सङ्घका सचिव खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले भारतीय दूतावास, बिपी कोइराला भारत–नेपाल फाउन्डेसन र एसजेभीएनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरुले क्रिकेट सामग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट सङ्घबीच सहकार्य यात्राको सुरुआत भएको बताउनुभयो ।

              भारतीय दूतावासले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट सङ्घलाई बस उपलब्ध गराउनुका साथै बिपी कोइराला भारत–नेपाल फाउण्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो ।

     

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.