१४ श्रावण २०८२, बुधवार / 30 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लिग च्याम्पियनका प्रशिक्षकले राष्ट्रिय टिममा पाएको अवसर

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१५ कार्तिक २०७९

    काठमाडौं  १६ कात्तिक । झापाका प्रवेश कटुवालले नेपालको सिनियर फुटबल टिमबाट कहिले पनि खेल्न पाएनन् । उमेर समूहमै सिमित भए ।

    Ad
    Ad

    खेल्दा खेल्दै प्रशिक्षक कोर्ष गरेका उनले घरेलु फुटबलमा भने प्रशिक्षकको रुपमा सबैभन्दा ठूलो सफलता हात पारे दुई पटक शहिद स्मारक ए डिभिजन लिग जितेर । त्यो पनि लगातार जित्नु चानचुने कुरा थिएन । 

    Ad
    Ad

    खेलाडी जीवनमा पनि घरेलु फुटबलमा उनी अब्बल नै थिए । सन् २००० को एसियाली यू-१६ च्याम्पियनसिप छनोट चरण पार गरेर खेलेका प्रवेश यू-२३ सम्म राष्ट्रिय टिममा रहे । तर राष्ट्रिय टिममा पर्न भने उनलाई संयोग जुरेन ।

    Ad

    अहिले उनै प्रवेश कटुवालले सबैभन्दा ठूलो अवसर पाएका छन् नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण दिने । 

    नेपालले कात्तिक ३० गते काठमाडौंको दशरथ रंगशालमा पाकिस्तान विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ र त्यसका लागि प्रवेश नेपाली टिमको प्रशिक्षक नियुक्त भएका हुन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानसँगको खेल पक्का भएसँगै मंगलबार ४२ वर्षीय प्रवेशलाई प्रशिक्षक नियुक्त गर्दै नियुक्ति पत्र समेत दिइसकेको छ । प्रवेशले ३० सदस्यीय प्रारम्भिक सूची सार्वजनिक गर्दै प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् ।

    ३० सदस्यीय टिममा अनुभवी र युवा खेलाडीहरु समावेश गरिएको छ । मिडफिल्डर विशाल राई भने चोटका कारण टिममा नरहेको प्रशिक्षक प्रवेशको भनाइ छ । 

    राष्ट्रिय टिमको प्रशिक्षक महत्वका साथै छोटो तयारीकै बीच पाकिस्तानसँग खेल्नुपर्ने चुनौतीबारे प्रवेश जानकार छन् । त्यसैले उनले प्रशिक्षक नियुक्त भए लगत्तै मंगलबारै मिश्रित प्रतिक्रिया दिए ।

    प्रवेशले एन्फा मिडियासँगको कुराकानीमा राष्ट्रिय टिम हेर्नु चुनौतीपूर्ण भए पनि आफू यो अवसरलाई गुमाउन नचाहेको बताए । ‘मलाई थाहा छ राष्ट्रिय टोली एक चुनौतीपूर्ण काम हो र समयको कमीका कारण पाकिस्तानविरुद्ध खेल्न पनि गाह्रो हुनेछ तर यो त्यस्तो चीज हो जुन म मिस गर्न चाहन्न । म यो काम अझ राम्रो गर्न चाहन्छु’, कटुवालले भने ।

    प्रवेशले पाकिस्तान लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्के पनि त्यहाँका खेलाडी विदेशमा खेलेकोले पाकिस्तान विरुद्ध खेल्न कठिन हुने पनि बताए ।

    ‘हामीलाई थाहा छ पाकिस्तान वर्षौपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किरहेको छ तर तिनीहरूका खेलाडीहरू विदेशमा खेलिरहेका छन् । उनीहरू बलियो टोली हो र निश्चित रुपमा हामी तिनीहरूलाई हराउन चाहन्छौं,’ उनले भने ।

    गत जुनमा मात्र फिफाको निलम्बनबाट छुटकार पाएको पाकिस्तानले भने नेपालसँगको खेलबाटै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ । पाकिस्तानले नेपालसँगको खेलका लागि नै एक महिना अघि देखि प्रशिक्षण गर्दै आएको छ । नेपालले भने जम्मा दुई साताको तयारीपछि नै खेल्नुपर्ने अवस्था छ ।

    राष्ट्रिय टिमबाट खेल्न नपाए पनि घरेलु फुटबलमा भने खेलाडीदेखि प्रशिक्षकसम्म नै उनले सफलता हात पारे ।

    खेलाडीका रुपमा उनले २०६१ सालमा थ्रीस्टारबाट लिग जितेका थिए । त्यसपछि उनले मनाङ मर्स्याङ्दी, आरसीटी र मछिन्द्रबाट पनि खेले । उनले झापा ११ बाट राष्ट्रिय लिग खेले ।

    एएफसी ए लाइसेन्स कोर्स पूरा गरेपछि उनले २०७६ को लिगमा ए डिभिजनका क्लबबाट प्रशिक्षक बन्न अफर आएको थियो । तर उनले आफूले पछिल्लो पटक लिग खेलेको मछिन्द्र नै रोजे ।

    मछिन्द्रले लिग जित्ने महत्वाकांक्षासहित ११ जना नाम चलेका खेलाडी अनुबन्ध गर्दै प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी प्रवेश कटुवाललाई भित्र्याएको थियो ।

    कटुवालसँग त्यसअघि ए डिभिजन लिग खेलेको अनुभव मात्र थियो । ए लिगको प्रशिक्षण अनुभव थिएन । तर उनले मोफसलको झापा ११ को प्रशिक्षक भएर काम गरिसकेका थिए । एएफसी ए लाइसेन्स प्राप्त गरिसकेपछि प्रवेश कटुवालले ए डिभिजन लिगमा ठूलो अवसर पाए ।

    स्टार खेलाडीको भिड भए पनि मछिन्द्र र प्रवेशले त्यसलाई राम्रोसँग व्यवस्थापन गर्दै उपाधि यात्रा तय गरेको थियो ।

    प्रशिक्षकको पहिलो सिजन उनले मछिन्द्रमा एक अंक ऋणबाट लिग सुरु गरेका थिए र अन्तिम खेलमा आर्मीलाई १-० ले हराएर लिगको उपाधि दिलाएका थिए ।

    त्यसपछि कोभिड १९ का कारण एक वर्ष लिग भएन र २०७८ मा मछिन्द्रले अझै केही नाम चलेका खेलाडी भित्र्याएर टिम बलियो बनायो । प्रशिक्षकमा प्रवेशले नै निरन्तरता पाए । अनी मछिन्द्रलाई अपराजित राख्दै लिगको च्याम्पियन बनाए । यस्तो उपलब्धि पाउने मछिन्द्र पाँचौ क्लब हो ।

    यसअघि एनआरटी,  थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले यस्तै उपलब्धीसहित लिग जितेका थिए । मछिन्द्रले मैदान भित्र र मैदान बाहिर दुवैमा चुस्त व्यवस्थापन गर्दा टिमलाई च्याम्पियन बनाउने रणनीतिकार भने उनै प्रवेश थिए ।

    ताजा सूचना

    • हनुमान चालीसा पाठसँग भक्तिभावमा रमायो लिटिल स्टेप मोन्टेसरी स्कुल
    • "नेपाली समुदायको एकता अनुकरणीय छ" : महावाणिज्यदूत डा. क्याम्पोस
    • सुख्खा संकटग्रस्त मधेशमा राहतमा जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन
    • सुख्खा संकटग्रस्त मधेश प्रदेशको राहतमा तत्काल जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन
    • सिमानामा सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी! एसपी खुमबहादुर के.सी. र सई जीवन खड्का संलग्न, केन्द्रिय टोलिद्वारा लोडरसहित तस्करीको सामान बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.