१३ चैत्र २०८२, शुक्रबार / 27 March 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल युएईसँग ४ विकेटले पराजित

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१० कार्तिक २०८०

    १० कार्तिक, वीरगञ्ज // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

              त्रिदेशीय टी–२० क्रिकेटमा नेपाललाई ४ विकेटले पराजित गर्दै युएईले उपाधि जितेको छ । आज त्रिवि मैदानमा भएको फाइनलमा नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

    Ad
    Ad
    Ad

    युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । कप्तान मोहम्मद वासिमले पहिलो विकेट रूपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए । नेपालका सोमपाल कामीले पहिलो बलमा नोबलसहित १७ रन खर्चिएपछि नेपालले बलिङमा खराब थालनी गरेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    त्यसपछि युएईका अर्यांश शर्मा २५ रन र आसिफ शान ७ रन जोडेर आउट भए। शर्मालाई कुशल मल्ल र खानलाई गुल्सनले आउट गरे । बलिङमा नेपालका करण केसीले अन्तिम ओभर गरे पनि नेपाललाई जित दिलाउन सकेनन् । अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा युएईका बासिल हमिदले छक्का हिर्काएका थिए ।

    आजै भएको उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोडेको थियो ।

     

    नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्ध शतक प्रहार गरे । उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काएका थिए । अर्ध शतक प्रहार गरे लगत्तै उनी तेस्रो विकेटको रूपमा जाहूर खानबाट ७.३ बोल्ड भएका थिए । नेपालले ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ६१ रन र पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ९५ जोडेको थियो ।

    सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो । नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित थियो । युएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो । हङकङलाई रनरेटमा पछि पारेर फाइनलमा स्थान पक्का गरेको युएईले ५ मध्ये २ खेल जितेर उपाधि कब्जा गरेको हो ।

    नेपाल समूह चरणका चारै खेल जिते पनि अन्तिम फाइनल खेलमा पराजित भएको हो । विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ । समूहका दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन् ।

    ताजा सूचना

    • भक्ति र साहसको संगम: गौ रक्षा प्रमुख यश सराफको साइकल यात्रा सुरु, एक महिनामा केदारनाथ पुग्ने लक्ष्य।
    • भक्ति र साहसको संगम: गौ रक्षा प्रमुख यश सराफको साइकल यात्रा सुरु, एक महिनामा केदारनाथ पुग्ने लक्ष्य।
    • वीरगंजको गहवा माई मन्दिरमा आज भव्य 'महाआरती': तयारी पूरा, सञ्चारकर्मी र आम जनमानसलाई उपस्थितिको निम्तो
    • ‘रोचक कि राजनीतिक सन्देश?’ — बालेन्द्र शाह प्रधानमन्त्री बनेको परिकल्पनाले सामाजिक सञ्जाल ततायो
    • रास्वपाको बैठकमा ‘साह’ कार्ड: समर्थनमा ताली, बालेन मौन — राजनीतिमा नयाँ संकेत!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.