२० भदौ २०८२, शुक्रबार / 05 September 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • श्रीलंकासँग हारे सँगै विश्वकपबाट बाहिरने संघारमा इंग्ल्याण्ड

    • नाजिर हुसैन नाजिर हुसैन
    • today९ कार्तिक २०८०

    ९ कार्तिक // अग्निपथ मिडिया 

    Ad
    Ad

                          विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारेको छ । लगातार तेस्रो र समग्रमा चौथो हारसँगै इंग्ल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

     

    Ad
    Ad

         बिहीबार भारतको बैंग्लुरुमा इंग्ल्याण्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले मात्र २५.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात राम्रो थिएन । २३ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका लागि पथुम निसांका र सदिरा समरविक्रमाले जित  दिलाए ।

    Ad

                          त्यसक्रममा दुबैले तेस्रो विकेटका लागि अविजित १३७ रनको साझेदारी गरे । निसांका ७७ र समरविक्रमा ६५ रनमा अविजित रहे । यस अघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको थियो ।

    ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो । बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । बेयरस्टो ३० र मालन २८ रनमा आउट भए ।

     

    इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २-२ विकेट लिए ।

      जितसँगै श्रीलंका ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने इंग्ल्याण्ड २ अंकका सात नवौं स्थानमा झरेको छ ।

                 सबै टिमले चार खेल खेल्न बाँकी रहेको अवस्थामा इंग्ल्याण्डको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । तर शीर्ष चारमा परेर सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न इंग्ल्याण्डले प्रतियोगितामा अपराजित रहेको भारतलाई समेत हराएर सबै खेल्न जित्नुपर्छ  किनकी शीर्ष टिम भारतको १० अंक छ भने चौथो स्थानमा रहेको अष्ट्रेलियाको ६ अंक छ ।

     

    ताजा सूचना

    • जनताको पैसामा रजाई, पत्रकारलाई होच्याउने विश्रामपुर गाउपालिकको प्रशासकीय अधिकृत !
    • भीठामोड सीमानाकालाई पर्यटकमैत्री बनाउने तयारी भइरहेको मन्त्री कुशवाहाले जानकारी दिए।
    • वीरगञ्ज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम
    • सुचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति काँग्रेस नेता उपाध्यायको आपत्ति
    • नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा द्वारा ६३औं स्थापना दिवस सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.