१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कुनै दिन प्रदर्शन गर्न नसक्दा फिक्सिङ गर्यो भन्देलान भन्ने डर – नेपाली क्रिकेटर, के के भन्छन त राष्ट्रिय टीमका खेलाडी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२३ माघ २०७९

    २४ माघ, काठमाण्डौ // Agnipath Media 

    Ad
    Ad

    खेलका क्रममा टिम र विकेटको अवस्थाअनुसार कहिले कुन र कहिले कुन खेलाडीलाई प्रयोग गर्नुपर्छ । कप्तान वा खेलाडीले टिमको हितका लागि सोचेर लिएको जोखिमपूर्ण निर्णयले परिणाम नदिँदा भीडले कुनै पनि बेला फिक्सिङ गर्यो भनिदिनसक्छ । कुनै पनि खेलाडीको प्रदर्शन सधैं एकनास हुन्न । लय बिग्रिएको समयमा राम्रो प्रदर्शन नहुनसक्छ । त्यस्तो अवस्थामा उसको चरित्रमाथि प्रश्न आउनसक्छ । अर्थात खेलाडीहरु जुनसुकै समयमा आफूलाई फिक्सरको आरोप लाग्नसक्छ भनेर दबाबमै रहनुपर्ने अवस्था बनेको छ ।

    Ad
    Ad

    नेपाली टिममा रहेका कतिपय खेलाडी महबुब आलम र उनकै पुस्ताका क्रिकेटरहरुलाई पछ्याउँदै यो खेलमा आएका थिए । नेपाली क्रिकेटका सफल अलराउण्डर आलमले २००८ मा मोजाम्बिकविरुद्ध १० विकेट लिएर कीर्तिमान बनाएका थिए । त्यसयता नेपाली क्रिकेटमा उनको नाम बारम्बार आइरह्यो । १९ वर्षका आदिल धेरैका साथी हुन् भने सिनियरहरुका भाइ । उनीहरु नै स्पट फिक्सिङमा मुछिएपछि धेरै क्रिकेटर झस्किएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले पनि प्रदर्शन तलमाथि हुनासाथ कसैले फिक्सिङसँग जोडेर शंका पो गर्छन् कि भन्ने डर रहेको अस्वीकार गर्दैनन् । तर राष्ट्रिय टिममा रहेर देशका लागि खेल्दा जित्ने बाहेक अरु सोच्न नहुने भन्दै उनले भने, ‘फिक्सिङ भनेको सामान्य कुरा होइन । हामीले नेपाल टी–२० लिगमा पनि स्पट फिक्सिङको कुरा सुन्यौं । तर विचलित हुनुहुन्न । नकारात्मक कुराहरुलाई वास्ता नगरी क्रिकेटमा फोकस गर्नुपर्छ ।’

    Ad

    राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल नेपाल टी–२० लिगको स्पट फिक्सिङ प्रकरणले ठूलो पाठ सिकाएको बताउँछन् । कुनै पनि खेल नेपालको पक्षमा आएन वा व्यक्तिगत रुपमा राम्रो खेल्न सकेन भने कुनै पनि बेला आरोप आउन सक्ने भन्दै उनले भने, ‘स्पट फिक्सिङ जस्ता आरोप सुन्नु नपरोस् भनेर हामी सबै सचेत छौं । त्यसका लागि हामीले खेल जित्नुपर्छ र जित्ने प्रयास गर्नेछौं ।’ क्रिकेटर दीपेन्द्रसिंह ऐरी भने स्पट फिक्सिङ व्यक्तिको सोच र व्यवहारमा आधारित हुने भएकाले क्रिकेटमा मात्र ध्यान केन्द्रित गर्दा यस्ता प्रकरणले असर नपार्ने बताउँछन् । ‘सबैभन्दा ठूलो कुरा तपाईं कति सही हुनुहुन्छ भन्ने हो । बाहिरको कुरा सुन्नुभयो भने त तनाव मात्र हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘म आफूलाई नकारात्मक कुराहरुबाट टाढा राख्ने प्रयास गर्छु । जहिलेसम्म खेल्छु मेरो ध्यान ब्याटिङ, बलिङ र फिल्डिङमा मात्र हुन्छ ।’

    पूर्व क्रिकेटर तथा प्रशिक्षक मनोज कटुवाल भन्छन्, ‘एउटा प्रतियोगितामा आयोजक संस्थाको प्रमुख साझेदार कम्पनी नै स्पट फिक्सिङमा संलग्न रहेको सार्वजनिक हुन्छ भने समर्थकमाझ विश्वासको वातावरण बन्दैन । निर्दोष खेलाडीहरु पनि सधैं फिक्सिङको आरोप लाग्ने भयमै खेल्नुपर्दा अतिरिक्त दबाब बन्न जान्छ ।’ नेपाली क्रिकेटरहरु लिग टु अन्तर्गत नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणमा छन् । लामो समयदेखि नेपाली क्रिकेटसँग परिचित मोन्टी देशाई नयाँ प्रशिक्षकका रुपमा आएका छन् । उनले २ फागुनदेखि सुरु हुने खेलका लागि नेपाली टोलीलाई तयार गर्न मिहिनेत गरिरहेका छन् । तर नेपाल टी–२० लिगको स्पट फिक्सिङ प्रकरणले क्रिकेटरहरुको मथिंगल नराम्रोसँग हल्लाएको छ ।

    नेपाल त्रिकेट संघ (क्यान) आफैंले आयोजना गरेको टी–२० लिगमा नेपाली क्रिकेटर पहिलोपटक स्पट फिक्सिङमा मुछिएका छन् । क्रिकेट संघले रणनीतिक तथा व्यापारिक साझेदारका रुपमा भित्र्याएको सेभेन थ्री स्पोर्ट्सका सञ्चालक र कतिपय फ्रेन्चाइज टिमका व्यवस्थापक स्पट फिक्सिङमा संलग्न थिए । उनीहरुको योजनामा साथ दिएको आरोपमा पूर्वक्रिकेटर मेहबुब आलम र युवा क्रिकेटर आदिल अन्सारी ९ माघदेखि प्रहरी हिरासतमा छन् । नेपाली टिममा रहेका कतिपय खेलाडी महबुब आलम र उनकै पुस्ताका क्रिकेटरहरुलाई पछ्याउँदै यो खेलमा आएका थिए । नेपाली क्रिकेटका सफल अलराउण्डर आलमले २००८ मा मोजाम्बिकविरुद्ध १० विकेट लिएर कीर्तिमान बनाएका थिए । त्यसयता नेपाली क्रिकेटमा उनको नाम बारम्बार आइरह्यो । १९ वर्षका आदिल धेरैका साथी हुन् भने सिनियरहरुका भाइ । उनीहरु नै स्पट फिक्सिङमा मुछिएपछि धेरै क्रिकेटर झस्किएका छन् ।

    स्पट फिक्सिङबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सीआईबीले औपचारिक रुपमा त केही बोलेको छैन, तर नेपाल टी–२० मा गरेको प्रदर्शनलाई लिएर केही क्रिकेटरको नाम चर्चा हुने गरेको छ । यसले क्रिकेटरहरुलाई कुनै पनि बेला यस्तो आरोप आफूमाथि पनि लाग्ने त होइन भन्ने त्रास बढेको छ । उनीहरुको मनमा डरले डेरा जमाएको छ ।खेलाडीमा परेको अतिरिक्त दबाबको समाधानका लागि नेपाल क्रिकेट संघ गम्भीर हुनुपर्ने बताउँछन्, प्रशिक्षक कटुवाल । सेभेन थ्री स्पोट्र्सका सञ्चालक आफैं स्पट फिक्सिङमा मुछिँदा जोगिएर नेपाल टी–२० लिगको उपाधि जितेको लुम्बिनी अल स्टार्सका प्रशिक्षक कटुवाल भन्छन्, ‘निर्णायक खेलहरुमा खेलाडीलाई अनावश्यक दबाबको बोझबाट मुक्ति दिन क्यानले सारथिको भूमिका निभाओस् ।’

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.