१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सन्दीपको निलम्बन फुकुवा भयो तर फिटनेसको कारण खेल्न पाउने नपाउने अनिश्चित

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१८ माघ २०७९

    १८  माघ, काठमाडौं  // Agnipath media  

    Ad
    Ad

    नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन हिजो फुकुवा गर्‍यो । बलात्कारको आरोपमा प्रहरी अनुसन्धान सुरु भएपछि निलम्बनमा परेका सन्दीप पाँच महिनापछि फेरि राष्ट्रिय टीमबाट क्रिकेट खेल्न योग्य भएका छन् । पाटन उच्च अदालतको फैसलाले सन्दीप जेलमुक्त भएपछि उनीमाथिको निलम्बन हटाउने विषयमा क्यानले छलफल सुरु गरेको थियो ।

    Ad
    Ad

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र राष्ट्रिय खेलकुद परिषद् समेतले ग्रीन सिग्नल दिएपछि क्यानलाई निर्णय लिन सजिलो भयो । यद्यपि, निलम्बन फुकुवाका बाबजुद सन्दीपले तत्काल राष्ट्रिय टीमबाट खेल्न पाउने निश्चित भएको छैन । यसै महिना हुने त्रिकोणात्मक घरेलु सिरिजका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको छ । यसमा सन्दीप समेटिएनन् ।

    Ad

    यद्यपि, अझै पनि क्यानले चाहेमा उनलाई समेट्न सक्छ । बोर्ड बैठकको निर्णयपछि उनलाई बन्द प्रशिक्षणमा बोलाउन ढोका खुलेको छ । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई बोलाउनेबारे कुनै निर्णय भई नसकेको बताए । उनले भने, ‘बोर्डको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि हामीकहाँ आउने हो ।

    हामीलाई औपचारिक जानकारी आइसकेको छैन । निलम्बन फुकुवा भनेर मात्र न्यूजमा आएको छ । यदि फुकुवा भएको हो भने राष्ट्रिय टीममा बोलाउने विषयमा छनोट समितिले निर्णय लिन्छ ।’

    सन्दीपको फिटनेस र मानसिक अवस्था हेरेर मात्रै उनलाई टीममा राख्ने वा नराख्ने तय हुन सक्ने दास बताउँछन् । ‘उहाँले धेरै समयदेखि क्रिकेट खेल्नुभएको छैन । फिटनेसमा पनि ध्यान दिन पाउनुभएको छैन । त्यसैले टीममा राख्नुभन्दा अगाडि त्यो सबै हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो छनोट समितिको दायरामा पर्ने कुरा हो ।’

    हिजो भएको क्यानको बोर्ड बैठक ७ जना सदस्यले बहिष्कार गरेका थिए । अध्यक्ष चतुर बहादुर चन्दसहित पाँच जनाको राजीनामा माग्दै बैठक बहिष्कार गर्नेहरूले पनि सन्दीपको फुकुवा निलम्बनलाई लिएर गम्भीर असहमति जनाएका छैनन् ।

    बहिष्कार गर्ने मध्येका एक छुम्बी लामाले बोर्डले गरेको निर्णय आफ्नो जानकारीमा नरहेको बताए । उनले भने, ‘विगतमा निलम्बन किन गरियो र हिजो फुकुवा किन गरियो हाम्रो जानकारीमा छैन ।’

    सन्दीपलाई फुकुवा गरेपछि राष्ट्रिय टीममा फर्काउन मिल्छ त भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । ‘कानूनभन्दा माथि कोही पनि हुँदैन । सबै कुरा कानून बमोजिम हुनुपर्छ,’ उनले भने ।

    नेपालमा फौजदारी मुद्दा लागेको व्यक्तिले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउने सम्बन्धमा कुनै कानून छैन । तर, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा धेरै चर्चित खेलाडीहरूले पनि अदालतमा मुद्दा झेल्दै राष्ट्रको प्रतिनिधित्व गरेर खेलिरहेका हुन्छन् । क्यानले निलम्बन फुकुवाको निर्णय लिनु पछाडिको एउटा कारण अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.