१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सन्दीपको निलम्बन फुकुवा क्यान बोर्ड बैठकको एजेन्डा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१७ माघ २०७९

    माघ १७, काठमाडौं // Agnipath media

    Ad
    Ad

    नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज पोखरामा बस्दैछ । नेपाल टि२० लिग विवादपछि बस्न लागेको बोर्ड बैठकमा बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गर्ने एजेन्डामा छलफल हुने बताइएको छ ।

    Ad
    Ad

    चार महिनापछि बस्न लागेको बोर्ड बैठकमा नेपाल टि२० लिग विवाद, मुख्य प्रशिक्षक नियुक्ति, सन्दीप लामिछाने निलम्बन फुकुवा, आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज आयोजना, एसिसी प्रिमियर कप आयोजना लगायत विषयमा छलफल हुँदैछ । जसमध्य सन्दीप निलम्बन फुकुवा र नेपाल टि२० लिग विवाद मुख्य एजेन्डा रहेको बताइएको छ ।

    Ad

    बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । क्यानले उक्त निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गर्न हतार गर्दै आएको छ । सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो । तर सन्दीप दोषी हुन् वा होइनन् भन्ने निर्णय जिल्ला अदालत काठमाडौंले दिएको छैन ।

    उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ । यदि सन्दीप काठमाडौं उपत्यका छाड्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने समेत जनाएको छ । काठमाडौं छाड्ने र फर्किने मितिसँगै त्यो स्थानमा रहने नाम समेत जनाउनु पर्ने हुन्छ ।

    सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । तर सन्दीप पक्षका कानुनी व्यावसायीलल उनलाई टोलीमा राख्नुपर्ने माग गरेका छन् । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

    भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले असोज २० मा त्रिभुवन विमानस्थलबाट आत्मासपर्ण गरेका थिए । सन्दीपलाई सिनियर टोलीमा फर्काउन लागि परेको क्यान नेतृत्वको भने चौतर्फी आलोचना हुँदै आएको छ ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.