२१ असार २०८३, आइतबार / 05 July 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • डायमण्डले भारतीय खेलाडीसम्मिलित गण्डकीलाई हरायो

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    ११ माघ, पोखरा l तीन भारतीय खेलाडीसम्मिलित घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै मुख्य स्पाइकर प्रतिभा मालीविनाको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

    Ad
    Ad
    Ad

    पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको राउन्ड रोविन लिगको खेलमा डायमण्डले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो । डायमण्डले पहिलो सेट १९–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।

    Ad
    Ad
    Ad
    Ad

    दोस्रो सेटमा २५–१५ को सहज जित हात पारेको डायमण्डले तेस्रो सेटमा २५–१४ को सहज जित हात पार्न सफल भयो । चौथो सेटमा १०–९ को स्थितिबाट लगातार १३ अंक जोडेर जिततर्फ अग्रसर बनेको डायमण्डले २५–११ को सहज जित निकाल्न सफल भयो ।

    पहिलो जितसँगै डायमण्ड राउन्ड रोविन लिगमा तेस्रो भएको छ । पराजित गण्डकी अंकविहीन हुँदै पुछारमा रहेको छ । पराजयका बावजुत महिलातर्फ च्याम्पियनसिपमा चार टोली रहेकाले गण्डकीले पनि सेमिफाइनल खेल्नेछ ।

    यस जितसँगै डायमण्डले ३ खेलबाट ३ अंक बटुल्दा पराजित गण्डकी राउन्ड रोविन लिगमा अंकविहीन रह्यो । डायमण्डले यसअघि आर्मी र एपिएफसँग हार बेहोदा गण्डकीले तीन टोलीसँग हारको नतिजा आत्मसात् गर्यो । एपिएफ र आर्मीको दुई खेलबाट समान ६ अंक छ ।

    अब डायमण्डले सेमिफाइनलमा लिगमा दोस्रो हुने टोलीसँग तथा गण्डकीले लिगको शीर्ष टोलीसँग खेल्नेछ । आज नै केहीवेरमा आर्मी र एपिएफले शीर्षस्थानको लागि प्रतिस्पर्धा गर्दैछ । आज नै पुरुषतर्फ आर्मी र गण्डकी तथा एपिएफ र सेन्ट जोसेफबीच खेल हुनेछ ।

    सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको टोलीले चौथो स्थानको टोलीसँग तथा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ । विजेता फाइनलमा प्रवेश गर्नेछ ।

    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।

    पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।

    पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो । महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

    तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

    ताजा सूचना

    • चटक का भरमा बनेको सरकार त्यही चटकमै ढल्न सक्छ : ओली
    • मेयरलाई सरुवा टिप्पणीपछि माननीय विवादमा
    • प्रेस स्वतन्त्रता जोगाउने सरकारको प्रतिबद्धता सञ्चारमन्त्रीको स्पष्ट सन्देश
    • रौतहटमा सशस्त्र प्रहरीको ठूलो सफलता : ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध भारतीय कपडा बरामद
    • १०० दिनको रिपोर्ट कार्ड सार्वजनिक गर्दै बालेन सरकार उपलब्धि र आलोचना दुवै चर्चामा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.