२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आदिलले ‘स्पट फिक्सिङ’ गरेको त्यो दुई ओभर

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    १० माघ, काठमाडौं । स्पट फिक्सिङको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले नेपाल टी-२० लिगमा दुई खेलका दुई वटा ओभरमा स्पट फिक्सिङ गरेको पत्ता लागेको छ ।

    Ad
    Ad
    Ad

    प्रहरी अनुसन्धानअनुसार प्रतियोगिताको खेल नम्बर ८ र खेल नम्बर १२ मा फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले फिक्सरसँगको सहमति कार्यान्वयन गरेका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    पुस १२ गते काठमाडौं नाइट्सविरुद्धको खेलमा आदिलको एउटा नो बल त्रिवि मैदानमा पुगेर प्रत्यक्ष हेर्नेहरुका लागि पनि अस्वभाविक थियो । उनले ११.१ ओभरमा नो बल फालेका थिए । त्यस लगत्तै अर्को बल वाइड फालेका थिए । सो खेलमा आदिलले ४ ओभर बलिङ गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए । जहाँ दुई वाइड र एक नो बल सामेल थियो ।

    Ad

    पुस १४ गते जनकपुरको खेल फारवेष्ट युनाइटेडविरुद्ध थियो । सो खेलमा आदिलले एक ओभरमात्र बलिङ गर्न पाए । पावर प्लेको अन्तिम ओभरको पहिलो बल उनले नो बल फाले । लगत्तै वाइड बल पनि फाले ।

    यो ओभरमा उनले त्यही गरेका थिए, जुन दुई दिनअघि काठमाडौं नाइट्सविरुद्धको खेलमा १२औं ओभरमा गरेका थिए ।

    बयानमा आदिलले आफूलाई कसले फिक्सिङको प्रस्ताव गरेको र कति रुपैयाँको सहमति भएको भन्नेबारे केही नखुलाएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोमबार गृहनगर सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो ।

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.