२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • साविक विजेता एपिएफको विजयी सुरुवात

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today८ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    पोखरा  ९ माघ , l साविक विजेता नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुवात गरेको छ ।

    Ad
    Ad
    Ad

    घरेलु टोली गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपिएफले उपाधि रक्षाको अभियान थालेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको एकपक्षीय खेलमा एपिएफले गण्डकीमाथि २५–११, २५–१९ र २५–१६ को सेटमा जित निकाल्न सफल भयो ।

    Ad
    Ad
    Ad
    Ad

    गण्डकी प्रदेश अन्तिम समयमा टाइगर कपमा समावेश भएको टोली हो । विभागीय नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले सहभागिता नजाउने भएपछि गण्डकीलाई प्रतियोगितामा समावेश गरिएको थियो । तर, तीन भारतीय खेलाडी समावेश गरेको टोलीले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन ।

    Ad

    आज नै अब पुरुषतर्फ श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबले विभागीय त्रिभुवन आर्मी क्लबसँग तथा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

    आइतबार महिलातर्फ आर्मीले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा तथा पुरुषतर्फ एपिएफले आर्मीलाई ३–१ को सेटमा तथा घरेलु टोली गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, न्यु डायमण्ड र गण्डकी प्रदेश रहेको छ ।

    पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

    महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।

    हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.