१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रिय टोलीका तेज, दीनेश र गौतम अष्ट्रेलियातर्फ

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया 

    काठमाडौं,३ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका लागि पछिल्लो समय लगातार सुरुवाती रोजाइमा खेलिरहेका तीन खेलाडी एकसाथ मंगलबार पलायन भए । नेपाली फुटबलको वर्तमान मात्र नभएर भविष्यको रुपमा हेरिएका डिफेन्डरद्वय दीनेश राजवंशी र गौतम श्रेष्ठसँगै मिडफिल्डर तेज तामाङ सोमबार राती अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

    Ad
    Ad

    अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरुबीच पटक पटक विवादका कारण लिग स्थगित भएपछि खेलाडीहरु विदेशिने क्रम पछिल्लो समय अत्याशलाग्दो अवस्थामा पुगेको छ । राष्ट्रिय टोलीमा नियमित खेल्दै आएका खेलाडीले नै पलायनको बाटो रोजेपछि घरेलु फुटबल मात्र नभएर स्तरीय राष्ट्रिय टोली निर्माण गर्न नै कठिन हुने देखिएको छ ।

    Ad
    Ad

    नयाँ सिजनका लागि ए डिभिजन क्लबहरुले अनुबन्ध गरेको अवस्थामा पनि खेलाडी पलायन हुनुले फुटबलप्रति खेलाडीको वितृष्णा बढेको अनुमान गर्न सकिन्छ । यसअघि पनि घरेलु फुटबलको भविष्य प्रष्ट नहुँदा राष्ट्रिय टोलीबाट खेल्दै आएका खेलाडी पलायन भएका थिए । तर लिगको मिति तोक्न क्लब र एन्फाबीच निकै लामो जुहारी चल्नु र पुन: लिग २ महिना पछिलाई सर्दा खेलाडी पलायन भएका हुन् ।

    Ad

    पछिल्लो दुई वर्षमा डेढ दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पुगेका छन् । नेपालमा लिग फुटबल नियमित हुन नसक्दा खेलाडीले अष्ट्रेलियामा पटके प्रतियोगितासँगै नेपाली मूलका अन्य खेलाडीसँग विभिन्न क्लबमा खेल्दै आएका छन् । अष्ट्रेलियामा अर्ध व्यावसायिक फुटबलमा भने निकै कम खेलाडीले खेल्ने अवसर पाएका छन् । पूर्ण व्यावसायिक शीर्ष लिगमा भने हालसम्म कुनै नेपाली खेलाडीले खेल्न सकेका छैनन् ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.