२ कार्तिक २०८३, आइतबार / 18 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आईसीसी लिग-२: घरेलु मैदानमा नेपाललाई ‘हार्ने छुट’ छैन

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया 

    काठमाडौँ ,२ माघ ।  आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा नामबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दैछ ।

    Ad
    Ad
    Ad

    उक्त सिरिज त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ तारिखसम्म आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले तालिका सार्वजनिक गरेको छ । जस अनुसार नेपालले पहिलो खेल नामिबियाविरुद्ध फेब्रुअरी १४, दोस्रो खेल स्कटल्यान्डविरुद्ध १७, तेस्रो खेल नामिबियाविरुद्ध १८ तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध २१ तारिखमा खेल्नेछ ।

    Ad
    Ad
    Ad

    लिग अन्तर्गत शीर्ष ३ मा पुग्ने झिनो सम्भावना कायम राख्न नेपालले घरेलु मैदानमा ४ वटै खेल जित्नुपर्ने छ । लिग-२ को शीर्ष ३ मा हुने टोलीले २०२३ को एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउनेछन् ।

    Ad
    Ad
    Ad
    Ad

    ३२ खेलबाट ४६ अंक जोडेको स्कटल्यान्ड भने शीर्ष ३ मा स्थान पक्का गरिसकेको छ । यता सबै ३६ खेल खेलेको ओमान ४४ अंक सहित तेस्रो स्थानमा छ । ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो, ३६ वटै खेल खेलेको अमेरिका ३५ अंकसहित चौथो, २६ खेलबाट २७ अंक जोडेको युनाइटेड अरब इमिरेट्स पाँचौ, २४ खेलबाट १८ अंक जोडेको नेपाल छैटौ तथा २८ खेलबाट जम्मा ५ अंक जोडेको पपुवा न्यूगिनी सातौं स्थानमा रहेका छन् ।

    Ad

    लिग-२ अन्तर्गत नेपालले अब केवल १२ खेल खेल्न बाँकी छ । शीर्ष ३ मा पुग्न नेपालले १२ वटै खेल जित्नुका साथै अन्य खेलको नतिजा पनि नेपालकै पक्षमा हुनुपर्नेछ ।

    अर्कोतर्फ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाल शीर्ष ५ मा पर्नुपर्नेछ । पुछारको दुई टिमले एकदिवसीय मान्यता गुमाउने आईसीसीले जनाएको छ ।

    तर पछिल्ला नतिजाहरु हेर्दा नेपालले बाँकी १२ वटै खेलमा जित हात पार्ने सम्भावना त्यति बलियो देखिँदैन ।

    लिग-२ अन्तर्गत नै नामिबियामा गत डिसेम्बरमा नामिबिया, नेपाल र स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले ३ खेलमा पराजय भोग्यो भने एक खेलमा बर्षाका कारण अंक बाडेको थियो ।

    फेब्रुअरीमा हुने सिरिजपछि नेपालले युएई र पपुवा न्यूगिनीसम्मिलित थप दुई सिरिज खेल्नेछ । ती दुई सिरिज भने नेपालका लागि केही सहज देखिए पनि खासगरी युएईविरुद्धको खेल भने जित्न कठिन हुने पक्का छ ।‌

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.