राष्ट्र हाम्रो साँझा घर हो राष्ट्र बचाउनु नागरिकको पहिलो कर्तव्य हो - कृष्ण प्रसाद शर्मा पन्थि
-
कृष्ण प्रसाद शर्मा
- today११ कार्तिक २०८०
११ कार्तिक ,काठमाडौ // अग्निपथ मिडिया
राष्ट्र हाम्रो साँझा घर हो राष्ट्र बचाउनु नागरिकको पहिलो कर्तव्य हो ? देशमा संवैधानिक राजाको कुनै सम्मान र अर्थपूर्ण देखिदैन। राष्ट्रवादी नेतृत्व र व्यक्तित्वले गहिरिएर बुझ्नु पर्ने वर्तमान परिस्थिति ।
एक राजनीतिक विश्लेषण। हात्ती विनाको हस्तीनापुर, बाँदर विनाको बृन्दावन, मेरूदन्ड विनाको शरीर र राजाविनाको देश विलय हुने निश्चित छ। अब हामी जन नागरिकले आत्मसमीक्षा गरेर राष्ट्रिय स्वार्थकालागि चिन्ता गरौ! जसरी वर्तमान व्यवस्थामा राष्ट्रपतिको काम सदन वा मन्त्री परिषदबाट लगिएको बिधेयक प्रमाणिकरण गर्ने मात्र हो। देशमा पार्टीका राष्ट्रपति बने एउटा अलंकारिक राष्ट्रपति हुन रामचन्द्र पौडेल। उनको जीवनमा सफलता र प्रधानमन्त्रीको सपना १६ पटक सम्म अवसर पाएनन र एउटामात्र रवर स्टाम्पको रूपमा स्वदेशी र विदेशी मिलेर उनलाई राष्ट्रपति बनाए। विगतमा भएका राष्ट्रपति राम वरण यादव र विद्या देवी भन्डारीले पनि त्यसै गरे जसरी हाल गरिरहेका छन। आम माफी दिने नागरिक को हक हित र राष्ट्रिय हित विपरित काम भएका हुन र छन। देशमा सबै तिरबाट राजसंस्था ,धर्म सापेक्ष राष्ट्र , वैदिक सनातन राष्ट्र , हिन्दु राष्ट्र ,प्रदेश खारेजी र संघीयता समेत खारेजी गर्ने जनदबाब , जन आवाज र जनआन्दोलन समेत भएका छन। भावी दिनमा निर्णायक आन्दोलनमा केही पार्टी र अभियान लाग्ने घोषणा समेत गरेका छन। वर्तमान राष्ट्रपतिकै हैसियतमा राजालाई राख्ने हो भने विना अधिकारको राजाबाट देश र जनताले के आशा गर्ने ? कार्यकारी अधिकार प्रधानमन्त्री र सरकारमा हुने राजा वही देवी देवताको पुजा गर्ने र जे जस्ता विधेयक र प्रस्ताव पार्टीका नेता वा सरकारले ल्याउछ सही गरेर प्रमाणिक करण गर्ने वाहेक राजाको भूमिका के रहन्छ ? राजा सहितको प्रजातन्त्र हुन जरुरी छ तर राजा कार्यकारी अधिकार सहित हुनु पर्यो तवमात्र देश सम्हालेर लैजान सकिएला हैन राजालाई रवर स्टाम्प मात्र लगाउने राजाले केही गर्न सक्ने अवश्था बन्दैन। जर्मनमा यस्तै भएको थियोे जस्तो नेपालमा भईरहेको छ। जर्मनमा हिटलरको उदय भयो र सबै थोक क्रमशः उद्योग कलकारखाना , रोजगार र विकास भएको इतिहास साक्षी छ। देशमा जब सम्म एउटामात्र जंग बहादुर र हिटल जस्तो शक्तिशाली नेतृत्वको हातमा देशको शासन व्यवस्था जादैन तब सम्म किंचित परिवर्तन संभव छैन। संवैधानिक राजसंस्था हो भने २०४७ सालको संविधान लागू गर्नु पर्छ। साच्चै देशको विकाश र उन्नति चाहने हो भने २०१९ को संविधान लागू गर्नु पर्छ र सकृय राजतन्त्रको शासन व्यवस्था लागू गर्नु पर्छ। "guided democracy by the King " हुनु पर्छ। यसमा जनताको निर्वाचनबाट प्रतिनिधित्व गर्ने प्रधानमन्त्री हुनु पर्छ। नेपालमा चौतर्फी वैदेशिक हस्तक्षेप बढेको छ। युरोपेली युनियन , अमेरिका, भारत र चीन समेतको चासो नेपालमा बढेको छ। राजनीतिक कला कौशलता, कुटनैतिक र राजनीतिक परिस्थितिलाई सम्हालेर लैजान सक्ने नेतृत्वपनि चाहिन्छ। धार्मिक र जातिय युद्ध समते गराउन विदेशी लागेका छन सरकारलेपनि यी बिषयलाई गंभीरता पुर्वक लिएको देखिदैन। देश आर्थिक मन्दी र भ्रष्टाचारमा डुवेको छ। यावत बिषयमा सहजताको बाटो के हुन सक्छ ? देशका नेता देशका भएनन । यिनीहरूले देशकालागि केही पनि गरेनन। अब विकल्प अति आवश्यक छ। हालका लिजहरूमा दरवार र राजालाई जथाभावी गाली गलौच गर्ने मानवीय धर्म , मानवअधिकार र नागरिक अधिकारको हेक्का नराखी राजालाई राजनीति षर।, पार्टी खोल , चुनाव लड, कार्यकारी बन भनेर इतिहास नै नपढी कन तथानाम बोलिरहेका छन। वामदेव गौतमले त आफ्नो अपराध मिडिया स्वीकार गरे र भने राजा आआएमा राजाले शासन चलाउछन हामी सै जेल जान्छौ भनेर। वर्तमान समयमा हजारौं राजा हुनु भन्दा एउटामात्र राजा हुनु ठिक छर राजा देशकालागि चाहिन्छ र हुनु पर्छ भनेका छन भने माधवकुमार नेपाल , वर्तमान प्रधानमन्त्री प्रचण्ड ,देउवा, के.पी. वलीले अनर्गल राजाको पछि परेर अक्षेम्य अभिव्यक्ति दिदै हिडेका छन। दरवार हत्याकाण्डमा देशका तत्कालीन सुरक्षा प्रमुख विदेशी ऐजेन्ट सबै लागेर हत्या गरे। यसको अनुसन्धानमा एमाले नेता माधवकुमार नेपाल र काँग्रेस सभामुख तारानाथ रानाभाट समेतको टिमले अनुसन्धान गरेको थियोे। अहिले आएर आफुले गरेका दर्जनौं राष्ट्रिय अपराध र भ्रष्टाचारबाट वचन स्वयं उच्च नेतृत्व पुर्व प्रधानमन्त्री समेत बनेका बाबुराम भट्टराईपनि मानषिक विचलन गुमाएर राजकै अनर्गल प्रचारप्रसारमा व्यस्त छन। देशलाई लुटेका र जनतालाई ठगेका नेताहरूले हरेक सार्वजनिक कार्यक्रममा राजाको होइन आफ्नो कर्तुतको पर्दाफास गरिरहेका छन। समय परिवर्तन छ। जनताको चाहना के छ ? सो जनसर्वेक्षण हुन जरुरी छर राजालेपनि वर्तमान राजनीतिक परिस्थिति ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध समेतको बिषयमा परिस्थिति अनकुल आफू ढल्न र जनपृय हुन र जनताको अभिभावकतब पृथक ढंगबाट अगाडि बढन आवश्यक छ। हामीलाई शक्तिशाली राजा चाहिन्छ। जसबाट हिमाल,पहाड , तराई र विदेशमा बसेका नागरिकहरूको समस्याको संबोधन हुन सकोस। राजा कुनै पार्टी बिशेशले ल्याउने होइन जनताले ल्याउने हो। हरेक राजनीतिक आन्दोलनबाट सत्ता, व्यवस्था र नेतृत्व परिवर्तन भएको विश्व इतिहास र स्वयं नेपालले समेत विगतमा पाठ सिकेको छ। अब देश बचाउने,देशमा भएका सबै समस्याको समाधान गर्ने देश बिकास र जन बिकासका राष्ट्रिय ऐजेन्डा सहित सडक आन्दोलन वाहेक अन्य विकल्प देशमा देखिदैन। पटकपटक सत्तामा गएका जन नजर र शासन सत्ता चलाउन असफल भएका नेतृत्वबाट देश रहदैन। यसका दोषी हामी जनता हौ। यस्ता भ्रष्टाचारीलाई पटकपटक भोट दिएर सत्तनको विरासत दियौ यसमा हामी जनता दोषी छौ। जसका कारण गलत मानिसलाई देशको सत्ताको साँचो दिएर पछुताउने काम नगरौ। देश हाम्रो हो अब हामी पहिला जनता सच्तिन जरुरी छ। यो सस्तो लोकपृयताले काम गर्दैन। राजा सकृय भएपछि एउटा डाइनोमिक प्रधानमन्त्रीका वारेमापनि त विचार पुर्याउनु पर्छ। यो डाइनोमिक प्रधानमन्त्री प्रचण्डपनि बन्न सक्छन नि ? प्रचण्डले त दरवारसंग मलेर राजा र मावोवादी मिलेर अरू भ्रष्टाचारमा मुछिएका उच्च नेतृत्वलाई कानुनी कारवाही गर्न तत्कालीन समयमा रोल्पमा सहमति भएको थियोे तर बाबुराम यस्तो पक्षमा थिएनन र प्रचण्डले ९ महिना बाबुरामलाई नजरबन्दमा राखेकै हुन। यसमा सो समयमा भारतीय "रअ", दरवारका प्रतिनिधि र मावोवादीको सम्झौता भएर प्रचण्डले दौरा सुरवाल समेत खरिद गरेर बसेको राजालाई भारतीय "रअ "ले प्रयोग गरेर यो सम्झौता असफल बनाउन सफल भयो भारतीय "रअ "ले दोहोरो चरित्र निर्माण गरेर फँसायो। त्यसपछि बाबुरामलाई कैद सजाय मिनाह गरेर भारत पठाईको इतिहास छ। यश कारणले राजा सदनबाट आउने भएमा आलंकारिक हुनु त्यो महत्त्वपूर्ण देखिदैन । देशलाई बनाउने हो भने छेपारे बहुरूपी नेतृत्वबाट दरवार सतर्क रहन जरुरी छ। सडक आन्दोलनबाट जन विद्रोहबाट स्थापित राजालेमात्र देशका सबै समस्या हल हुन्छन। संवैधानिक र मानकालागि सम्मान हो भने भन्नु केही छैन । देशकालागि राजा चाहिने हो भने देशमा प्रजातन्त्र तर सकृय राजतन्त्र वाहेक विकल्प छैन। देशमा राजा मान्ने भनेर राजा कै पिठमा छुरा मार्ने कमल थापापनि देख्यौ र आफ्नो ऐजेन्डा विपरीत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनको दोहोरो चरित्रपनि देख्यौं। प्रदेश खारेजी गर्ने ऐजेन्डा लिने प्रदेशमा सहभागी हुने आफ्नो सिद्धान्त नमल्ने र उपप्रधानमन्त्री र मन्त्री पाएर सत्तामा जाने यस्ता नेतृत्वबाट राजनीतिक देशको शासकीय भार वहन गर्न सक्लान ? यो बुझन जरुरी छ कि तर राजा त सबैको साँझा हुन्छन भने राजावादी भनेर आफुलाई प्रस्तुत गर्ने र धर्म, राजाको नाम भजाएर दरवारलाई गुमराहमा पारेको पनि देख्यौं । राजा सारा देशको हुन्छ। कुनै पार्टीले मान्नु र समर्थन गर्नु छुट्टाछुट्टै बिषय हो। हिन्दुवादी पनि धेरै छदमभेषी भए र राजालाई भजाएर व्यापार गर्ने व्यापारीलाई पहिचान गर्नु पर्ने तर्फपनि दरवार सतर्क हुन जरुरी छ। देशमा कुनै व्यवस्था राजनीतिक परिस्थिति र परिवर्तन गर्न भारतको समर्थन जरुरी छ। यो इतिहासले भन्छ। चीन नेपालमा अश्थिरता चाहदैन। भारतले सधै नेपाललाई नेपाली नेता प्रयोग गरेर माछो माछो भ्यागुतो बनाई रहेको छ। नेपालको प्रमुख विकास शान्ति र स्थिर राजनीतिकालागि भारतले सदासयको भुमिका निर्वाह गर्नु पर्छ। हैन अर्को किन आन्दोलन , किन आक्रोश र आवेग त ? राजसंस्था ,राजा,धर्म सापेक्ष वा निरपेक्ष संघीयता यी सबै देशकालागि अनकुल र प्रतिकुल के छन ? जनमतसंग्रहमा जाऊ यो हिम्मत पार्टीहरूले गर्नु पर्यो जन अनुमोदित व्यवस्था नै सर्वग्राही र विश्वमान्य हुन्छ। यसता बिषयमा विद्वान ,बुद्धिजीवी , समाजसेवी , राष्ट्रवादी,तमाम जनताले एक पटक आत्म समीक्षा गर्ने कि सुझाव र प्रतिकृयालागि अपेक्षा सहित विट मारेर देशको राजा र राजसंस्था को वारेमा समसामयिक र बहुआयामिक राजनीतिक विश्लेषण रहेको छ। जय मातृभूमि।