सत्तारुढ दलसहित पाँच दलीय गठबन्धनको चुनावी प्रचार प्रसारका लागि धनुषाको ढल्केवरमा कार्यालय
-
अग्निपथ सम्बादाता
- today२८ आश्विन २०७९
जनकपूर २९ असोज । शुक्रबार एक समारोहकाबीच धनुषा क्षेत्र नं.४ प्रतिनिधिसभा र प्रदेशसभा (ख) का लागि सो कार्यालय उद्घाटन गरिएको छ ।
चुनावी प्रचार प्रसारका लागि सो कार्यालयको उद्घाटन पाँच दलीय गठबन्धनका प्रतिनिधिसभाका साझा उम्मेदवार रहेका कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र धनुषा–४ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सत्रुधन महतोले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले संघीयता विरोधी र प्रतिगमनकारीलाई परास्त गर्न पाँच दल एकजुट भएर चुनावी प्रतिस्पर्धामा उत्रेको बताए । उनले संघीयता बचाउन, गणतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन मतदाताहरुलाई आग्रह गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार सत्रुधन महतोले गठबन्धनको जित सुनिश्चित रहेकोमा आफू विश्वस्त रहेको बताए । स्थानीय तहको निर्वाचनको मत परिणामले नै गठबन्धनको जित सुनिश्चित देखाइसकोले संस्दीय चुनावमा पनि आफूहरुको गठबन्धन नै जित्ने उनले ठोकुवा गरे ।