गठबन्धनका पर्सा क्षेत्र नं.३ (ख)का प्रदेश सभा उम्मेदवार गिरी नै हूनः केन्द्रिय सचीव नागेन्द्र चौधरी
-
रामाशंकर साह
- today२७ आश्विन २०७९
दिनेश मिश्र, २७ असोज । पर्साको पोखरिया नगरपालिकामा नेकपा एस पार्टीले क्षेत्रीय भेला सम्मपन गरेको छ । पर्सा क्षेत्र नं. ३(ख) प्रदेश सभा उम्मेदवारका विषयमा विवाद चलिरहदा नेकपा एस पार्टीको केन्द्रिय सदस्य नागेन्द्र चौधरीले गठबन्धनका तर्फबाट क्षेत्र नं.३ (ख) का उम्मेदवार प्रहलाद गिरी नै हून भने दावी गर्नू भएको छ । क्षेत्रिय भेलामा चौधरी बोल्दै गठबन्धनको मत चाहियो भन्ने क्षेत्र नं.३ बाट प्रतिनिधि सभाका उम्मेदवार सूरेन्द्र चौधरीले गिरीलाई सहयोग गर्नू पर्दछ ।
पर्सा क्षेत्र नं.३ (ख) का प्रदेश सभाका उम्मेदवार जनार्दन सिंह क्षेत्रीले आफनो पाटीर्को चूनाव चिन्ह रुख छापको आफनो प्रचार प्रसारमा गलत प्रयोग गरेको भन्दै निवार्चन कार्यालय पोखरियामा उजूरी समेत दिएकोमा गिरीले भने ‘चूनाव चिन्ह रुख छाप कूनै व्यक्तिको नभई गठबन्धनको चूनाव चिन्ह भएर मैले प्रयोग गरेको दाबी दिए ।
क्षेत्रीय भेला कार्यक्रम पोखरिया नगरपालिकामा रहेको शिव मन्दिरको धर्मशाला खचाखच भरीएको थियो । प्रहलाद गिरी जिन्दाबादको नारा गून्जिरहेको एक जना प्रत्यक्ष दर्शीले जनाए । क्षेत्रको विभिन्न ठाउबाट २५०जनाले पार्टी प्रवेश पनि गरेका छन् ।
कार्यक्रममा नेकपा ऐमाले एसका पोलिट व्यूरो सदस्य रामचन्द्र साह, जिल्ला अध्यक्ष चिरन्जिवी आचार्यले गठबन्धका तर्फबाट क्षेत्र नं. ३ को (ख) को उम्मेदवार प्रहलाद गिरी समेत गठबन्धनका सबै उम्मेदवार भारी मतका साथ विजयी बनाउन आग्रह गरे ।