पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा जनताले राष्टिय प्रजातन्त्र पार्टीलाई मूल्याङ्कन गर्ने:समाजसेवी नरेश साह कानू
-
रामाशंकर साह
- today२७ आश्विन २०७९
वीरगञ्ज, २७ असोज l समाजसेवीले नरेश साह कानू पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा जनताले राष्टिय प्रजातन्त्र पार्टीलाई मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् ।
पर्सा–२ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार कानूले समाजसेवीको रुपमा निरन्तर दीन दूःखी, गरीब, असहायलाई सहयोग गर्दै आइरहेकोले गरेको समाजसेवाको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चत भएको दाबी गरेका हुन् ।
राष्टि«य प्रजातन्त्र पार्टीको लोकप्रियता पर्सा जिल्लामा अरु पार्टीहरु साठगाठ, कहिले पार्टी प्रवेश त कहिले पार्टी परित्याग गरेको दृश्यले जनता निराश बन्न पूगेको देखेर कानूले भने , “मतदाताका बिचमा जादाँ पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो उम्मेदवारी प्रति उत्साह देखिएको छ । मतदाताले मलाइ नै विजयी बनाउछन् भन्नेमा म ढुक्क छु ।”
समाजसेवीको रुपमा मैले जनताको लागि हरेक सम्भव काम गरेको र जनताको आवश्यकता तथा चाहना अनुसार अगाडि बढेको दावी गरे । चूनाव जितेपछि क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर जाने प्रतिबद्धता जाहेर गरे र जनताले आफूलाई जिताउने उनको विश्वास छ ।
क्षेत्रवासी राष्टि«य प्रजातन्त्र पार्टीको निर्वाचन चूनाव चिन्ह हलो छापमा मतदान गर्न आतूर रहेको बताउँदै कानूले भने, “सांसद् जितेदेखी जनताकै बीचमा रहनेछु , क्षेत्रमा हरेक हप्तामा पुग्नेछु , जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेनेछु , यसको मूल्याङ्कन जनताले गर्नेछन् ।”
पर्सा २ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कसैले जनताको मन जित्न नसकेर जनताले पटक पटक जिताएका उहि पूरानो अनूहार संग दिक्क छन् । जनताको भरोसा उनिहरु माथि नभएको पनि उनले बताए । कानूले भने ,‘ जनताले विकास प्रेमी , सुखदुस्खमा साथ दिने जनप्रतिनिधी चाहन्छन्, त्यसका कारण पर्सा २ का मतदाता राष्टि«य प्रजातन्त्र पार्टीको निर्वाचन चूनाव चिन्ह हलो छापमा मतदान गर्न आतुर छन् ।