सतारुढ गढबन्धनको तर्फबाट पर्साको क्षेत्र नं.३ को ख मा प्रहलाद गिरी टिकट पाएको दाबी
-
रामाशंकर साह
- today२३ आश्विन २०७९
दिनेश मिश्र, २३ असोज । नेपाल कम्यूनिष्ट पार्टी समाजवादी गठबन्धनको तर्फबाट प्रहलाद गिरीले मनोयन दर्ता गराउनू भएको छ । केहि दिन पहिला नेकपा ऐमालेमा नेकपा ऐमालेका अध्यक्ष के पी शर्मा ओलीबाट टिका लगाई धूमधामका साथ पार्टी प्रवेश गरेका थिए । एक दिन पहिला नेकपा ऐमाले र जसपासंगको गठबन्धनले गर्दा टिकट नपाएपछि नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराइ गठबन्धनको तर्फबाट क्षेत्र नं.३ को ख बाट टिकट दिएपछि मनोयन दर्ता भएको यूवा नेता सूजीत गिरीले जानकारी गराए । यता क्षेत्र नं.३ को ख बाट गठबन्धनको तर्फबाट मनोयन गरेको नेपाली काग्रेस का जनार्दन सिंह क्षेत्रीले पनि मनोयन दर्ता गरेका छन् । तर पर्सा जिल्लामा प्रतिनिधि सभा को ४ र प्रदेश सभाको ८ गरी जम्मा १२ वटा सिट रहेको छ जसमा काग्रेस ६वटा सिट माओवादीको ३वटा लोसपाको २वटा नेकपा समाजवादीको १ सीट ३को ख रहेको गिरीले दावी गर्नू भएको छ । सतारुढ गठबन्धनबाट क्षेत्र नं.३ को ख बाट नेकाका जनार्दन सिंह क्षेत्री लाई टिकट मान्य हूनेहोकि नेकपा समाजवादीको तर्फबाट प्रहलाद गिरीलाइ जनताको चासोको विषय बनेको छ ।