नयाँ दिल्लीमा वायु प्रदूषण उच्च, तस्वीरहरू
-
अग्निपथ सम्बादाता
- today२९ मंसिर २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
२९ मङ्सिर l चिसो बढेसँगै भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर अति खराब भएको छ। दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुवाँको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ पुगेको छ l
नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ। देशको राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएपछि यही मंसिर १८ गते वायु प्रदूषण हुन नदिने प्रतिकार्य योजनाअन्तर्गत अस्थायी रूपमा भवन निर्माण तथा भत्काउनेलगायतका काममा प्रतिबन्ध घोषणा गरेको थियो।
यद्यपि राष्ट्रिय प्रतिरक्षा, मेट्रो रेल, विमानस्थल, अस्पताल, विद्युत् प्रसारणका कामलाई भने निरन्तरता दिन परिपत्र गरिएको थियो। शून्यदेखि एक सयसम्मको वायु गुणस्तर सूचकाङ्कलाई राम्रो मानिन्छ भने एक सयदेखि दुई सयसम्म मध्यम, दुई सयदेखि तीन सयसम्मलाई खराब, तीन सयदेखि चार सयसम्मलाई अति खराब तथा चार सयदेखि पाँच सयसम्म जा त्यसभन्दा माथिको स्थितिलाई गम्भीर मानिन्छ।