चन्द्रागिरि हिल्सले ३ महिनामा कमायो १ करोड ३१ लाख नाफा
-
अग्निपथ सम्बादाता
- today२५ कार्तिक २०७९
अग्निपथ मिडिया
२५ कात्तिक, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नाफामा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ३१ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ३७ लाख ३२ हजार घाटामा रहेको थियो । १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित तथा जगेडा कोष भने ३८ करोड १३ लाख ३९ हजार नोक्सानीमा रहेको छ । गत असार मसान्तमा यस्तो नोक्सानी ३९ करोड ४४ लाख ३६ हजार रहेकेा थियो ।
आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड ६४ लाख २२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले सर्भिस उपलब्ध गराउँदा २ करोड ३१ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।
यस्तै सञ्चालन तथा कर्मचारी खर्च ४ करोड ८५ लाख ३४ हजार रुपैयाँ छ ।
यस्तै कम्पनीले बैंकको लोन वापत ६ करोड ८६ लाख ३९ हजार खर्च भएको छ । कम्पनीले २ अर्ब ३३ करोड ६५ लाख ५३ हार रुपैयाँ कर्जा सापटी लिएको छ ।
यस्तै कम्पनीले बैंकको लोन वापत ६ करोड ८६ लाख ३९ हजार खर्च भएको छ । कम्पनीले २ अर्ब ३३ करोड ६५ लाख ५३ हार रुपैयाँ कर्जा सापटी लिएको छ ।