पोखरीयामा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी नेकपा एमालेमा प्रवेश गरे
-
अग्निपथ सम्बादाता
- today२४ कार्तिक २०७९
अग्निपथ मिडिया
पोखरिया, २५ कार्तिक। नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने बताउनु भएको छ ।
नेकपा एमाले पोखरीया नगर कमिटीले पोखरीयामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका नवप्रवेशीहरूलाई उम्मेदवार गुप्ताले टिका लगाई स्वागत गरेका थिए ।
देशमा सम्पूर्ण उत्पीड़ित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न नेकपा एमालेको सरकार हुनुपर्ने ठहर गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए।
मंगसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेमा मतदान गरी विजयी बनाउन आग्रह गर्दै नेता गुप्ताले आफुले चुनाव जिते जनताको बीचमा रहेर काम गर्ने विश्वास व्यक्त गरे ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ ।
पर्साको क्षेत्र नं ३ जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने उद्घोष गरे ।
कार्यक्रममा पार्टीका पोखरीया नगर कमिटीका बिधाचल ठाकुर , भगवान कुर्मी , पोखरीया नगरपालिका नगर प्रमुख एवम प्रदेश कमिटी सदस्य प्रधूमण चौहान , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम , पुरन कुर्मी , सन्तोष गिरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।