करोडौंको ठगी धन्दामा पत्रकारको प्रयोग: नरेश साह कानु प्रतिनिधि सभा सदस्य उमेदवार
-
अग्निपथ सम्बादाता
- today२१ कार्तिक २०७९
अग्निपथ मिडिया
पर्सा २१, कार्तिक
प्रेस विज्ञप्ति
देशको सम्मृद्धि र उनन्नति सबैका साझाँ सवाल हुन। म देशको जिम्मेवार नागरिक भएको हुँदा नेपाल कै व्यपारिक क्षेत्रलाई सक्षम बनाउन विगत दुई दशक देखिनै अथक प्रयासमा जुटिरहेको छु। नेपालको अर्थतन्त्र डामाडोल भएको छ। जता हेर्यौ त्यता अस्त व्यास्त अवश्था देखिन्छ।
नेपालको राजनीति मौलिक राजनीति रहेन विदेशी परस्त राजनीतिले देशको भलो हुदैन। राष्ट्रिय अर्थतन्त्र सबल नभए सम्म देश विकास संभव छैन। समसामयिक रूपमा देशलाई बदल्न विदेशी नेपालमा आएर सक्दैन। हो विदेशी टेक्नोलोजी देशमा भित्र्याउनु पर्छ तर देशको विकाश र सम्मृद्धिको खाँका कोर्ने ,राष्ट्र निर्माण गर्ने, जनताका दैनिकी र जीवन स्तर उकास्नमा हामी नै खटिनु प्रदछ। विदेशीसंग भीख मागेर देश विकाश हुन सक्दैन ।
हाम्रो देश नेपालमा प्रसस्त विकाशका संभावनाहरू छन। ती संभावनालाई अध्ययन अनुसन्धान गरेर प्रशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराएर व्यवस्थापन ,कार्यान्वयनमा निरन्तरता दिन सक्यौं भने १० बर्षमा हामी हरेक क्षेत्रमा आत्मनिर्भर हुन्छौ। यसमा देशको शासन व्यवस्था नेतृत्व र प्रणाली ठिक हुन र सक्षम हुनपनि जरुरी छ। हामी देश बचाउन र बजाउन विकाश गर्न लागि परेका छौ।
हाल म राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पर्शा दुई नं. क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उमेदवारी दिएर राष्ट्रिय राजनीतिमा लागिरहेको छु। राजनीति भनेको देशको मुलनिति हो। राजनीति हरेक स्थानमा प्रभावित हुन्छ। विशेषतः आज नेपाल भर राष्ट्रिय प्रजातन्त्र पार्टी र पार्टी नेतृत्व राजेन्द्रप्रसाद लिङ्गदेनको राष्ट्रभाव र जनतामुखी र राष्ट्रमुखी विचार र ऐजेन्डालाई समस्त नेपाली जनताले सम्मान र समर्थन गरेको अवश्था एकातर्फ छ भने आफ्नो जिल्ला स्तरीयतहमा रहेका पार्टी पंक्तिका केही नेतृत्वले पार्टीको मर्म र विधान एव निर्देशन विपरीत काम गरेर मेरो न चाहिने घटनाक्रमलाई लिएर मिडियाबाजि गरेको देख्दा एक प्रकार आफैमा लज्जाबोध यस्ता भएको छ किनभने पछाडिबाट छुरा रोप्ने भिजलन्ते देखेर पिडापनि अनुभुती हुन्छ। यी पत्रकार न्यायाधीश हुन कि वकील हुन कि सरकार नै हुन कि प्रशाशक हुन वा मे हुन। यस्तैका कारण सम्मानित संचार जगतमाथि प्रश्न चिन्ह खडा हुनुले राम्रो संदेश दिदन। पत्रिकाको आडमा आफ्नो वितृ विकास र व्यापार र व्यापारीलाई ठग्ने धन्दा अपनाउनेलाई छुट कि उन्मुक्ति ?
मैले विधि सम्मत, कानुन सम्मत अधिकार सम्मत रूपमा नेपाली नागरिकता लिएको छु। जसका वारेमा सबैथोक मिडिया मार्फत सबैमा जानकारी गराएर आफुले दोहोरो नागरिकता नलिएको सबै बिषयसार नेपाल सरकारको आधिकारिक निकायमा स्पस्ट पारेर पार्टीको टिकट लिएर चुनावी मैदानमा जनता समक्ष निरन्तर सम्पर्क र समन्वयतर्फ लागेको अवश्थमा मेरो चरित्र हत्या गर्न लागि परेका छन।
विषय प्रसग हो। वीरगन्ज कै एक जना व्यक्तिले मेरो कम्पनीमा काठमाडौमा सेल्स मेनको रूपमा काम गर्थ्यो। एक बर्ष कामकै दौरानमा ति व्यक्तिले बजारबाट करोडौं उठाएर कम्पनीलाई ठगेर हाल फरार रहेका छन। ती व्यक्ति एक जना महान पत्रकारका साला नाता पर्दा रहेछन र तिनले आफ्नो साला नाता पर्नेले मेरो कम्पनीको पैसा ठगी गरेर फरार रहेको र त्यो पैसा मिनाह गर्न र मलाई तर्साउन आफू पर्दा भित्र रहेर एकदुई जना पत्रकारलाई प्रयोग गरेर भारतीय नागरिक ,दोहोरो नागरिकता भनेर डम्फु ठटाइ रहेका छन।
विगतमा म संग थप पैसाको वार्गेनिङ पनि गरेका थिए म गलत छैन र गलत गरेकोपनि नभएको र मैले किन पैसा दिने कुनै हालतमा पैसाको लेनलेन हुँदैन भनेको थिए। यसै घटनालाई जोडेर मेरो चुनावी महल विगार्न षड्यन्त्र ,प्रतिषोध र बललाकालागि यो अतिरञ्जित र कपोलकल्पित नाटक मञ्चन गरिएको हो। यसका वारेमा यसरी बुझिदिनु होला त्यो ठग को हो ? र त्यसको संरक्षण गर्ने महारथी को हुन यसका वारेमा यो केश ठगी वारदात मुद्दामा प्रहरीमा अनुसन्धान र खोज तलास भइरहेको हुदा नामावली सार्वजनिक गर्न चाहिन र मिल्दैन।
यसको मकसद जो बदनाम गर्ने ,चरित्र हत्या गर्ने चुनावी सरगर्मीलाई निरूत्साहित पार्ने बनावटी नाटक भएको हो। प्रमाणको सामुन्ने तर्कले काम गर्दैन। यस्ता भ्रमक समाचारप्रति भ्रममा नपर्न पार्टीपंक्ति , शुभचिन्तक ,समर्थक तथा देवदेवी तुल्य जनतामा हार्दिक अपिल र अनुरोध गर्न चहान्छु। धन्यवाद । जय राष्ट्र । जय जनता । जय राष्ट्रबाद।