म सदनमा पुगे नागरिकता विधेयक पास गराउन लाग्छु : डाक्टर शेखर
-
अग्निपथ सम्बादाता
- today२० कार्तिक २०७९
अग्निपथ मिडिया
विराटनगर २१, कार्तिक । नागरिकता विद्येयक पास नहुँदा सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नु परेको पीडा पोखेका छन् । चुनाव प्रचारप्रसारका क्रममा विराटनगर ११ मा आइतबार पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले नागरिकता पाउन नसकेको भन्दै पीडा पोखेका हुन् ।
सर्वसाधारणको प्रश्नमा मोरङ क्षेत्र न. ६ का प्रतिनिधिसभा सदस्य उमेदवार डा. कोईरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विद्येकय पास नभएको भन्दै चुनावी सेन्टिमेन्ट क्यास गर्न खोजेका थिए । विराटनगर ११ को चुनावी सभालाई संम्बोधन गर्दै नेता कोईरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विद्येयक पास नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाए ।
मंसिर ४ को निर्वाचन पछि बन्ने गठबन्धन सरकारले नागरिकता विधेयक पास गर्ने डाक्टर कोइरालाको भनाई थियो । उनले भने मैले जिते भने सदनमा पुगेर नागरिकता विधेयक पास गराउन लाग्छु । विराटनगर ११ का स्थानीयले नागरिकता बनाउन नपाउँदा राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेका थिए । जवाफ दिने क्रममा नेता कोईरालाले गठबन्धनको नेतृत्वले चुनाव जिते नागरिकता विद्येयक पास गर्न सहयोग गर्ने बचन दिए ।