प्रतिनिधिसभाका उमेदवार लगायत नेता कार्यकर्ता लोसपामा प्रवेश
-
अग्निपथ सम्बादाता
- today१५ कार्तिक २०७९
बारा १६ कार्तिक । बारा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उमेदवार श्रीहरि राम लगायत सयकडौँ नेता कार्यकर्ता आज लोसपामा प्रवेश गरेका छन् ।
लोसपा नेपालको मधेस प्रदेसको अध्यक्ष तथा बारा क्षेत्र नम्बर ४ (ख) को प्रदेस सभाका उमेदवार जितेन्द्र सोनललको प्रमुख अतिथिमा सम्पन कार्यक्रम सयकडौँ नेता कार्यकर्ताहरु बिधिवत रुपमा लोसपा नेपालमा प्रवेश गरेका हुन ।
गठबन्धनले नै देशको बिकाश गर्न सक्ने संविधानको रक्षा गर्ने भएकाले गठबन्धनकै उम्मेदवारलाई मत दिन प्रदेस सभाका उमेदवार जितेन्द्र सोनलले बताए ।
उनले पाँच दलीय गठबन्धनको नै सरकार बन्ने ठोकुवा गर्दै सँविधानको रक्षाको लागि बनेको पाँच दलीय गठबन्धन अब देशको बिकाशमा लाग्ने बताउदै साईकल र कलममा मतदान गर्न आग्रह समेत गरेका छन् ।स्वतन्त्र उमेदवार तथा नेता कार्यकर्ता प्रवेश कार्यक्रमको संचालन जय प्रकास दास गरेका थिए भने स्वगत भषण प्रमोद दास र शुभकामना मन्तव्य जवार महतो, लोहा यादव, रामसुन्दर ठाकुरले गरेका थिए ।