जनता सचेत छन्, दबाब र प्रलोभनमा मत बेच्ने छैनन् : प्रतिनिधि सभा पर्सा क्षेत्र नं.२का उम्मेदवार नरेश साह कानू
-
रामाशंकर साह
- today१५ कार्तिक २०७९
वीरगञ्ज, १६ कार्तिक । पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश साहले पैँसामा बिकेर मतदाताले भोट दिन्छन् भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । राप्रपाबाट पर्सा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार साहले जनतालाई मुर्ख बनाउने समय अब सकिएको बताए ।
पर्साको विरगंज महानगरपालिका वडा नं. २४ रामगढवाका मतदातासँगको चिया चर्चामा सहभागी हुँदै साहले जनता सचेत भइसकेको हुँदा विगतको जस्तो दबाब र रक्सी, मासु, पेट्रोल, पैँसा जस्ता कुराहरुको प्रलोभनमा नपर्ने दावी गरे ।
जनताले विकास चाहेको बताउँदै साहले विकास गर्ने र स्वच्छ एवम् ईमान्दार छबी भएको व्यक्तिलाई मत दिने साहको विश्वास छ । १ घर १ राष्टि«य झन्डा राख्ने अभियानलाई निरन्तरता दिदै आइरहेका साहले आफ्नो पहिलो कार्यकालमा नै जनतालाई विकासको प्रत्याभूती गराउनेमा उनी ढुक्क छन् ।
त्याहाँका स्थानीय नेता एवम् कार्यकर्ताहरुले पनि साहको जित सुनिश्चित रहेको दावी गर्दै उनको प्रचारप्रसारमा कुनै कसर बाँकी नराखेको बताएका थिए । साह काम गर्ने नेता भएको हुँदा काम गर्नेलाई सबैले साथ दिनुपर्ने स्थानीयको भनाई छ ।
वडा नम्बर २४ का स्थानीय, भद्रभलादमी, यूवा, समाजसेवी, विकासप्रेमी विजय पटेल, निरन्जन पटेल, सन्तोस पटेल लगायतको उपस्थिती रहेको थियो ।