आफू ५ दलिय सतागठबंधनको पक्षमा रहेको :वडा अध्यक्ष द्धारीका चौहान
-
अग्निपथ सम्बादाता
- today१० कार्तिक २०७९
वीरगञ्ज, १० कार्तिक । वीरगञ्ज महानगरपालिक वडा नं. २२ जगरनाथ मनियारीका वडा अध्यक्ष द्धारीका चौहानले आफू ५ दलिय गठबंधनको पक्षमा रहेको र नेपाली कांग्रेस पार्टीले गर्ने हरेक निर्णयमा अडिग रहेको बताउनु भएको छ ।
बिहीबार आफ्नै वडामा भएको चुनावी भेटघाट कार्यक्रममा आफू १का बाम गठबंधनका उम्मेदवार लक्ष्मणलाल कर्णको साथ र समर्थन रहेको कुरा स्पष्ट गर्नु भएको छ । आफ्नो वडामा ५ दलिय गठबंधनले लिड गर्ने र पर्सा क्षेत्र नं१ मा गठबंधन ले नै जित्ने वहाको दाबि रहेको छ ।
चुनावी भेटघाट कार्यक्रम उम्मेदवार लक्ष्मणलाल कर्णको मुख्य आतिथ्यता भएको तथा सो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, नेकपा समाजवादी र लोसपा नेपालका कार्यकर्ताको समेत सहभागीता रहेको संचारकर्मी चन्द्रिका पटेलले जानकारी दिनु भयो ।