जनताको सेवा नै प्रमुख एजेन्डा : लक्ष्मणलाल कर्ण
-
अग्निपथ सम्बादाता
- today०९ कार्तिक २०७९
अग्नीपथ मिडिया
पर्सा, ९ कार्तिक । वीरगञ्ज महानगरपालिक वडा नं.३२ मंगलबार राति सर्वदलिय शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाम गठबंधनका पर्सा क्षेत्र नं.१का प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बिभिन्न नेताहरुले कार्यक्रममा संबोधनको क्रममा दिपावली तथा छठको शुभकामना मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रलाई सम्बोधन गर्दै उम्मेदवार कर्णले जनताको सेवा नै प्रमुख एजेन्डा रहेको पनि बताउनु भयो । आफु पदमा रहदा समेत जन सेवाकै कामलाई प्रमुख प्रथ्मीक्तामा राखि काम गरेको पनि बताउनु भयो । यस पटक पनि जनताको सेवा गर्ने चाहाना साथ चुनावी मैदानमा रहेकोले सो मौका आफनो मतदान गरि जाहेर गर्न पनि वहाँले सबैमा अनुरोध गर्नु भयो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टीका नेता कार्यकर्ताको सहभागीता रहेको चन्द्रीका पटेलले जानकारी दिनु भयो ।