प्रभू अस्पतालले गरयो महिला थुनुवा र प्रहरीको निशुल्क स्वास्थ्य परिक्षण
-
रामाशंकर साह
- today०५ कार्तिक २०७९
अग्निपथ मिडिया
दिनेश मिश्र,०५ कार्तिक : जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका महिला बन्दी र महिला प्रहरीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
वीरगन्जमा रहेको प्रभु हस्पिटलको आयोजनामा जिल्ला प्रहरी कार्यालयमै शनिबार आयोजित स्वास्थ्य शीवीरमा थुनुवा कक्षमा रहेका महिला बन्दी र महिला प्रहरीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
प्रभु हस्पिटलकी वरिष्ठ स्त्रीरोग तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा नेतृत्वको टोलीले ११ जना थुनुवा महिला र २३ जना महिला प्रहरी गरि ३४ जनाको स्वास्थ्य चेकजाँच गरेको कार्यक्रम संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।
चाडपर्व र चुनावी व्यस्तताले समय नपाउने र रोगका कारण महिला सुरक्षाकर्मीलाई असहज भैरहेको जानकारी पाएपछि प्रहरी उपरीक्षक रमेश बस्नेतको पहलमा शनिबार जिल्ला प्रहरी कार्यालयमै पुगेर महिला बन्दी र महिला प्रहरीहरुको स्वास्थ्य चेकजाँच गरिएको कार्कीले बताए ।