कानूले कार्यकर्ता भेटघाट गर्दै दिपावली र छठको शूभकामना आदान प्रदानमा व्यस्त
-
रामाशंकर साह
- today०५ कार्तिक २०७९
अग्निपथ मिडिया
दिनेश मिश्र, ५ कार्तिक । पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश साह कानूले जनतासँगको भेटघाटलाई निरन्तरता दिएका छन् । राष्टि«य प्रजातन्त्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका पर्सा क्षेत्र नं.२ को निर्वाचन परिचालन समितिको अध्यक्ष कानू आफ्नो क्षेत्रका मतदातासँगको घेटघाटमा व्यस्त छन् ।
हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व दिपावली र छठ पर्वको अवसरमा शुभकामना दिँदै जनतासँग मतको लागि पनि कानूले अपिल गरीरहेका छन् । जनताको घरदैलोमा पुग्दै उनले आफुलाई जिताउन आग्रह गरेका छन् । युवाहरु नेतृत्वमा आएपछि मात्रै परिवर्तनको प्रत्याभुती गर्न पाइने कानूको ठहर छ ।
आफु निर्वाचित भएपछि जनताले विकासको आभाष गर्न पाउने उनले दावी गरे । विगतमा समाज सेवा गरेर पनि निरन्तर जनताकै साथमा र जनताकै सुखदुखमा रहेको बताउँदै उनले विकासको अभियानमा हातेमालो गर्दै राप्रपा के चूनाव चिन्ह हलो छापमा अमूल्य मत दिन अनुरोध गरेका छन् ।
कानू पर्सा क्षेत्र नम्बर २ का विभिन्न गाउहरुमा पुगेर मतदातालाई आफ्ना एजेण्डा र योजनाहरु सुनाइरहेका छन् । सो अवसरमा मुख्यतया युवा वर्गले कानूलाई समर्थन जनाइरहेका छन् । उनका समर्थकहरुले पनि कानू जत्तिकै सक्षम र योग्य उम्मेदवार अरु नभएको हुँदा उनको जित सुनिश्चित भएको बताएका छन् ।