पक्राउ परेका ७ जनाको रिहा हुनुपर्ने भन्दै त्रिवेणी स्पिनिङ् मिलका मजदुर मजदूरहरु आन्दोलित
-
रामाशंकर साह
- today०४ कार्तिक २०७९
अग्निपथ मिडिया
दिनेश मिश्र ४ कार्तिक । झडपको क्रममा बिहिवार पक्राउ परेका ७ जनालाई रिहा गर्न माग गर्र्दै बाराको त्रिवेणी स्पिनिङ् मिलका मजदुरहरुले प्रदर्शन गरेका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ् मिलमा बिहिवार भएको झडपको क्रममा पक्राउ परेका ७ जनाको रिहाईको माग गर्दै सयौँको संख्यामा सहभागी मजदुरहरुले जिल्ला प्रशासन कार्यालय बाहिर प्रदर्शन गरेका हुन् ।
दशैं बोनसको माग गर्दै आन्दोलनरत मजदुरले बिहीबार व्यवस्थापन पक्षका वरिष्ठ अधिकारीहरुलाई कार्यकक्षमा थुनेका थिए । उनीहरुलाई छुटाउन आएको प्रहरीसँग झडप हुँदा कम्तीमा १५ जना मजदुर र डिएसपीसहित १० जना प्रहरी घाइते भएका थिए ।
त्यस क्रममा पक्राउ परेका ७ जना मजदुरलाई प्रहरीले दमन गरेको भन्दै मजदुरहरुले आफ्ना साथीहरुको निशर्त रिहाइको माग गरेका छन् ।