नारायणी एफ एमद्वारा वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग
-
अग्निपथ सम्बादाता
- today०४ कार्तिक २०७९
अग्निपथ मिडिया
दिनेश मिश्र ४ कार्तिक । सामुदायिक रेडियो नारायणी एफएमले १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । ठोरी गाउँपालिकामा संचालित वृद्धाश्रमलाई नारायणी एफ.एम १०३.८ मेगाहर्जले खाद्यान्न सहयोग गरेको छ । एफ.एम.को १७ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार बिहान ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगरमा संचालीत वृद्धाश्रमममा खाद्यान्न वितरण गरिएको हो ।
आश्रममा आश्रितहरुलाई एफ.एम.को तर्फबाट १० बोरा चामल, १ बोरा आलु र २ कार्टुन चाऊचाऊ लगायतका सामान ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीको उपस्थितीमा हस्तान्तरण गरिएको नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।
नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटा सहितको संचालक समितिको टोलीले वृद्धाश्रमका संरक्षक तथा संचालक आश बहादुर गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष रामप्रकाश कुवँर, मुठ्ठी दान अभियानका संयोजक संतोष श्रेष्ठ, नारायणी एफ.एम. संचालक समितिका कोषाध्यक्ष कमल मोहन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।