परिवर्तन नेपाल फाउण्डेशनद्वारा लागू औषध, अपराध, सामाजिक संजाल नियन्त्रण बारे सचेतना कार्यक्रम
-
रामाशंकर साह
- today०२ कार्तिक २०७९
अग्निपथ मिडिया
वीरगन्ज, ०२ कार्तिक । पर्साको विरगंज महानगरपालिका रेल्वे सेकेन्डरी स्कूलमा लागू औषध, अपराध, सामाजिक संजाल नियन्त्रण बारे सचेतना कार्यक्रम भएको छ । परिवर्तन नेपाल फाउण्डेशन र वडा प्रहरी कार्यालय बिर्ताद्वारा आयोजित कार्यक्रममा रेल्वे माध्यमिक विद्यालयका शिक्षक, शिक्षिका, छात्र छात्रको उल्लेखनिय उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष रणधिर वर्णवाल को अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो भन्ने विशिष्ठ अतिथि प्रहरी निरीक्षक बिशाल मल्ल ज्यूँ र स्कूल को प्रधानाध्यापक श्री मुनिलाल कर्ण उपस्तिथि रहेको यियो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी निरीक्षकका अनूसार सामाजिक संजालबाट कयौ शिक्षक शिक्षिकाको भविष्य बरबाद भइसकेको बताए । त्यसकारण यसको कूलतले जिवन समेत बर्वाद हून सक्ने र समयमै सचेत हून आग्रह गरे ।
रेल्वे माध्यमीक विद्यालयका छात्र छात्राले अपराध र सामाजिक संजालमा कसरी गलत व्यतिबाट आफूलाई बचाउन सकिन्छ र समय मै आफना घरपरिवार तथा नेपाल प्रहरीलाई जानकारी गराई ठूलो दूघर्टनाबाट बच्न सकिन्छ तालिम प्राप्त गरे ।
संस्थाका अध्यक्ष वर्णवालले यस्ता सामाजिक कार्यक्रम निरन्तर रुपले गर्ने योजना रहेको र यसले विद्यार्थी भाइ वहिनीहरुलाई समयमै सचेत हूनमा मदत पूरयाउन विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा स्कूल का शिक्षक शिक्षिका, छात्र छात्रा, संस्था का उपाध्यक्ष नेहा साह, कोषाध्यक्ष सुशील पटेल, सचिव सुजित वर्णवाल, कानुनी सल्लाहकार अनिल साह, सदस्य राजन साह , स्वस्तिका नेपाल, गोबिन्दा कुशवाहा को उपस्तिथि थियो।