मधेश बिरोधि मधेश का मसिहा भनाउदो जसपा को गठबन्धन - नेता रिजाल
-
अग्निपथ सम्बादाता
- today०२ कार्तिक २०७९
अग्निपथ मिडिया
वीरगन्ज, ०२ कार्तिक । संविधान र लोकतन्त्र मास्न खोज्ने देश एवं मधेश बिरोधी एमाले र मधेशका मसिहा भनाउदो जसपा बिच को अपबित्र गठबन्धन देश जनताको लागी खतरनाक भएको नेपाली जनताले बुझिसकेको र मंसिर ४ मा इनिहरुलाइ आआफ्नो अमुल्य मत ले करारा जवाफ दिने कुरा आज नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पर्सा ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजालले बताउनु भयो ।
रिजालले सो कुरा आज माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदतारा को साथै दलका नेता कार्यकर्तासंगै पोखरीया नगरपालिकाको बसन्तपुर र फुलवरीयामा घरदैलो कार्यक्रम गर्दै बताएका हुन । घरदैलो कार्यक्रममा मतदाताहरुसंग भेट्दै दुवै उम्मेदवारले मधेस र देशको समृद्धिका लागि फेरि पनि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएकाले निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई नै मत दिएर विजयी बनाउन अनुरोध गरेका थिए ।
रिजालले संविधान र लोकतन्त्र मास्न खोज्ने दल एमाले र उससंग घाँटी जोडेको जसपा दुवै अहिले सत्ता स्वार्थका लागि एक भए र जसले मधेसको मसिहा भनेर मधेसीको बलिदानी दिन लगायो त्यहि दल अहिले मधेस विरोधी एमालेसंग घाँटी जोड्न पुगेको छ , यदि उनिहरुलाई चुनावमा जनताले परास्त गरेनन् भने फेरि पनि लोकतन्त्र र संविधान दुवै खतरामा पर्न सक्छ , यो कुरा अधिकान्स जनताले बुझे पनि अझ बढी जनताले यो कुरा बु्झन नितान्त जरुरी रहेको जोड दिदै मतदाताहरुलाइ इ बहुरुपियाहरुको भ्रममा नपर्न आग्रह गर्दै नेपाली काङ्ग्रेस मधेस र मधेसीको अधिकार र मुद्धाको पक्षमा सदैव साथ दिने एकमात्र पार्टी काङ्ग्रेस नै रहेको कुरा इतिहासले समेत पुष्टि गरिसकेको बताउदै काङ्ग्रेस नेतृत्व को पाच दलिय गठबन्धन का सम्पुर्ण उम्मेदवारहरु लाई बिजयी बनाउन आग्रह गरेका छन ।
घरदैलो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायत नेता कार्यकर्ता हरुको सहभागीता रहेको थियो ।