पर्सामा गठबनधनबाट नेकपा ऐमालेका उम्मेदवारलाइ जिताउन एकजुट भएर लाग्ने :नेपाल प्रेस चौतारी
-
रामाशंकर साह
- today२९ आश्विन २०७९
दिनेश मिश्र, २९ असोज । पर्सामा गठबनधनबाट नेकपा ऐमालेका उम्मेदवारहरुलाइ जिताउन एकजुट भएर लाग्ने नेपाल प्रेस चौतारीमा आबद्ध पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । प्रेस चौतारी , ऐमालेको शुभेच्छुक संगठन हो ।
शनिबार वीरगन्जमा आयोजित पर्साका ऐमालेका उम्मेदवार र प्रेस चौतारीमा आबद्ध पत्रकाहरुको भेलामा सहभागी पत्रकारहरुले लोकतन्त्रको रक्षाका लागि मियोको रुपमा रहेको ऐमालका उम्मेदवारहरुलाइ विजयी बनाउने अभियानमा सकृयताका साथ लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
उनिहरुले मुलुकमा आइपरेका हरेक राजनीतिक संकटबाट पार लगाउने काम ऐमालले नै गरेको र ऐमाल बलियो रहे मात्र लोकतन्त्र र संविधान सुरक्षित हुने भएकाले ऐमालका उम्मेदवारहरुलाइ जिताउने नैतिक दायित्व आफुहरुको बताए ।
मधेसका हरेक मुद्धा र सवालमा ऐमालले वकालत गर्दै आएकाले मधेसका बाँकी रहेका मुद्धा सम्बोधन गराउने दायित्व पनि ऐमालकै रहेको र ऐमाल नै त्यो काम गर्ने उनिहरुको भनाइ थियो ।
कार्यक्रममा सहभागी पर्सामा ऐमालका उम्मेदवार र अगुवा नेताहरुले आसन्न निर्वाचनमा प्रेस चौतारीको भूमीका महत्वपूर्ण भएकाले ऐमालका उम्मेदवारको पक्षमा दृढ भएर लाग्न अनुरोध पनि गरे ।
कार्यक्रममा नेकपा ऐमालेका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार राजकूमार गूप्ता , पर्सा क्षेत्र न १ क प्रदेश सभा का उम्मेदवार विचारी यादव पर्सा क्षेत्र न २ ख प्रदेश सभा का उम्मेदवार हरेराम पटेल पर्सा क्षेत्र न ३ क का प्रदेश सभा उम्मेदवार मंजूर आलम, क्षेत्र नम्बर ४ का प्रतिनिधि उम्मेदवार जालिम मिया पर्सा ४ क का उम्मेदवार जयप्रकाश थारु, लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी प्रैस चौतारीका जिल्ला अध्यक्ष श्याम बन्जारा, जिल्ला इन्चार्ज शत्र’ूधन नेपाल, ऐमालेका वि.म.न.पा. उपाध्यक्ष महेश दास, नेपाल प्रेस चौतारीका सचीव राजेन्द्र सिंह प्रेस चौतारीमा आबद्ध प्रत्राकारको उल्लेखय सहभागिता रहेको थियो ।