१ फाल्गुन २०८२, शुक्रबार / 13 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षा क्षेत्रलाई थप सशक्त बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गरिने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today५ भदौ २०८१

    काठमाडौँ ।

    Ad
    Ad
    Ad

                शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई थप सशक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्न लागेको बताएकी छन् । शिक्षा क्षेत्रमा देखिएका कमजोरी हटाउन स्थानीय रूपमा क्रियाशील स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहने उनले बताइन् । त्यसका लागि छिटै प्रभावकारी अनुगमन र समन्वयका लागि जिल्ला शिक्षा समन्वय इकाईमार्फत कार्यान्वयन हुनेगरी बलियो संयन्त्र निर्माणमा मन्त्रालय लागि परेको उनले बताइन् ।

    Ad
    Ad
    Ad

              मन्त्रालयको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले स्थानीय तहलाई प्रदेश र संघ सरकारको तर्फबाट वित्तीय सहयोग नै प्रमुख ठानिँदै आएकोमा, त्यसो मात्र नभएर नीति निर्माण, अनुगमन र समन्वयको विषयमा स्पष्ट मार्गचित्र समेत निर्माणमा मन्त्रालय लागेको बताइन् । सहकार्य र समन्वयले बजेटभन्दा महत्त्वपूर्ण काम गर्ने उनले उल्लेख गरिन् ।

    Ad
    Ad
    Ad
    Ad

                बैठकमा विज्ञान प्रविधि ऐनको मस्यौदा निर्माण भइरहेको जानकारी दिँदै, शिक्षकहरूको दरबन्दी मिलाउन सरकार लागेको र शिक्षकलाई जिम्मेवार बनाउने नीतिको खोजीमा सरकार केन्द्रित भएको भट्टराईले बताइन् । हालै सार्वजनिक विभिन्न तहको नतिजाबाट सन्तुष्ट नभएको र शैक्षिक सुधारका निम्ति परीक्षा प्रणालीसहित बाल विकास सबै तहको पाठ्यक्रम र सिकाइ प्रभावकारी बनाउनेतर्फ सर्वपक्षीय सहयोग र छलफल आवश्यक भएको मन्त्री भट्टराईको भनाइ थियो । 

                शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने नौ सदस्यीय उक्त समितिको बैठकमा मन्त्रालयले तयार पारेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, कक्षा दश र १२ को नतिजाको समीक्षा, स्थानीय र प्रदेश तहमा शिक्षा समन्वय समिति, अन्तरतह तथा निकाय समन्वय र विज्ञान तथा प्रविधिका विभिन्न विषयमा छलफल भएको थियो ।

    ताजा सूचना

    • रक्सौल ल्यान्ड पोर्टमा दुई दिवसीय मानव बेचबिखन नियन्त्रण तालिम कार्यशाला सुरु
    • थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली
    • फागुन २१ को निर्वाचनविरुद्ध कालोझण्डासहित र्‍याली निकाल्ने २५ युवा सुर्खेतमा पक्राउ
    • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा
    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.