२२ असार २०८२, आइतबार / 06 July 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जि.एच.पी. मा.वि.को सर्वाेत्कृष्ट नतिजा, ९६ प्रतिशत विद्यार्थी ए र ए प्लस ग्रेडमा उतिर्ण

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१९ असार २०८१

    वीरगञ्ज // अग्निपथ मिडिया

    Ad
    Ad

     वीरगञ्जको जि.एच.पी. माद्यामिक विद्यालयका ७८ विद्यार्थीले यस वर्षको एसईई परीक्षामा ए प्लस ग्रेड प्राप्त गरेका छन् । विद्यालयका १२१ विद्यार्थीमध्ये ७८ जना ए प्लस ग्रेडमा उतिर्ण भएका छन् भने ३८ जना विद्यार्थीले ए ग्रेड प्राप्त गरेका छन् । पाँच विद्यार्थीले बि प्लस ग्रेड प्राप्त गरेका छन् । विद्यालयले शत प्रतिशत नतिजा प्राप्त गरेको छ । जसमध्ये ९६ प्रतिशतले ए र ए प्लस नतिजा हासिल गरेको जि.एच.पी माविकी प्रधानाध्यापक रोमी कौरले बताइन् । उनले भनिन्, “विद्यालयको उत्कृष्ट नतिजाको श्रेय हाम्रो शिक्षक टोलीलाई जान्छ जसले गुणस्तरीय र विश्वसनीय शिक्षा प्रदान गर्दै आएका छन् ।” 

    Ad
    Ad
     
    “विद्यार्थीहरुले वर्षभरि गरेको मेहनत र परिश्रमको प्रतिफल आज हामीले देख्न पाएका छौं”, प्रधानाध्यापक कौरले थपिन् । जि.एच.पी. मा.वि.ले वीरगञ्जमै सबैभन्दा धेरै विद्यार्थीले ए ग्रेड ल्याएको प्रधानाध्यापक कौरको दाबी छ । उनले भनिन्, “वीरगञ्जमा भएका विद्यालय मध्ये ए ग्रेड ल्याउने सबैभन्दा धेरै विद्यार्थी हाम्रै विद्यालयका छन् । यो हाम्रो लागी महत्वपूर्ण उपलब्धी हो । हामी हाम्रा विद्यार्थीप्रति गर्व गर्छाै ।” गुणस्तरीय शिक्षा दिने उद्देश्यलाई एसईईको नतिजाले प्रमाणित गरेको उनको भनाई छ ।  विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुको सफलता पछाडि आफ्नै योगदान रहेको बताउँदै विद्यालयको उत्कृष्ट नतिजालाई सबैले मिलेर गरेको परिश्रमको नतिजा मानेका छन्।  यस सफलताले विद्यालय परिवारलाई गर्वान्वित बनाएको कौरले बताइन् ।

    विद्यालयले यस सफलतामा खुशी व्यक्त गर्दै आगामी वर्षहरुमा पनि यस्तै उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई निरन्तर परिश्रम गर्न प्रेरित गरेको उनको दाबी छ । “हामीले हाम्रा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुलाई उज्ज्वल भविष्य बनाउन प्रोत्साहित गर्न निरन्तर लागि पर्नेछौं”, प्रधानाध्यापक कौरले भनिन् । विद्यार्थीहरुको यस शानदार सफलताले विद्यालयको प्रतिष्ठा अझ माथि उकास्नेमा विद्यालय परिवार विश्वास व्यक्त गरेको छ । विद्यालयले आफ्ना विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुलाई आगामी अध्ययन जीवनमा समेत सफलताको लागि शुभेच्छा व्यक्त गरेको छ ।

    ताजा सूचना

    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.